IME Life New

नेपाल बैंक र नागरिक उड्यान प्राधिकरणबीच बैंकिङ कारोबार सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बैंक लिमिटेड र नेपाल नागरिक उड्यान प्राधिकरण पोखरा पोखरा अन्तराष्ट्रिय विमानस्थल बीच बैंकिङ कारोबार गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौता बमोजिम पोखरा पोखरा अन्तराष्ट्रिय विमानस्थलमा हुने बैंकिङ कारोवार नेपाल बैंक लिमिटेड मार्फत हुने भएको छ ।

उक्त सम्झौतामा नेपाल बैंक लिमिटेडका नायव प्रमूख कार्यकारी अधिकृत समता पन्त र नेपाल नागरिक उड्यन प्राधिकरणका निर्देशक तथा पोखरा अन्तराष्ट्रिय विमानस्थलका प्रमूख विक्रमराज गौतमले हस्ताक्षर गरेका हुन्।

Esewa
Crest

कार्यक्रममा बैंकका नायव प्रमूख कार्यकारी अधिकृत समता पन्तले बैंकका तर्फबाट विमानस्थलमा हूने बैंकिङ सम्बन्धि कारोबारमा कूनै गूनासो नआउने गरी सेवा प्रदान गर्ने प्रतिबद्दता व्यक्त गरेकी थिईन् ।

त्यसैगरी नेपाल नागरिक उड्यन प्राधिकरणका निर्देशक तथा पोखरा अन्तराष्ट्रिय विमानस्थल प्रमुख विक्रमराज गौतमले नेपाल बैंकले पोखरा अन्तराष्ट्रिय विमानस्थलमा गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्ने छ र आगामी दिनमा नेपाल बैंक र नागरिक उड्यन प्राधिकरणको सम्बन्ध थप प्रगाढ बन्दै जानेछ भन्ने विश्वास लिएको बताए।

हालसम्म बैंकले नेपालभर २२६ शाखाहरु, १९९ एटिएम साथै ५० एक्सटेन्सन काउन्टर मार्फत करिब२३ लाख ग्राहकहरुलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS