IME Life New

नेपाल पे क्युआरमा १ लाख भन्दा बढी मर्चेन्ट आबद्ध

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरु मार्फत नेपाल पे क्युआरमा १ लाख भन्दा बढी मर्चेन्ट आबद्ध गरिएको छ । चार महिनाको छोटो अन्तरालमा १ लाख भन्दा बढी मर्चेन्टहरु क्युआरमा आबद्ध गरिनुले नेपालमा क्युआर सम्बन्धी भुक्तानीको स्वीकार्यतामा थप मद्दत पुग्ने विश्वास गरिएको छ ।

नेपाल क्लियरिङ्ग हाउस लि.ले कार्यान्वयनमा ल्याएको नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्ड अनुसारको क्युआर अन्तरआबद्धता कायम गर्ने गरीनेपाल क्युआर सञ्चालनमा ल्याइएको हो । क्युआर स्कीमको रुपमा पनि उपलब्ध रहेको उक्त नेपाल क्युआर ले मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआबद्धता कायम गर्न सक्ने व्यवस्था रहेको छ ।

Esewa
Crest

विभिन्न व्यावसायिक ग्राहकले नेपाल क्युआरमा आबद्ध भई क्युआर बाट भुक्तानी प्राप्त गर्न आफ्नो बैंक वित्तीय संस्था वा भुक्तानी सेवा प्रदायक सँग सम्पर्क गर्नुपर्ने हुन्छ । भौतिक रुपमा त्तच् स्ट्यान्डी उपलब्ध गराई वा आफ्नो बिलिङ्ग सिस्टममा डाइनामिक क्युआर इन्टिग्रेट गरी वा इ–कमर्श पोर्टलमा क्युआर गेटवे जोडी अथवा एण्डरोइड पिओएसमा इन्टीग्रेट गरी उक्त भुक्तानी सेवा सुचारु गर्न सकिन्छ ।

यसका निम्ती हाल एभरेष्ट बैंक, हिमालयन बैंक, कुमारी बैंक, लक्ष्मी बैंक, माछापुच्छ्रे बैंक, मेगा बैंक, एनएमबि बैंक, एनसिसि बैंक, एनआइसी एसिया बैंक, सानिमा बैंक, सिद्धार्थ बैंक, स्टयाण्डर्ड चार्टर्ड बैंक, सनराइज बैंक, गरिमा बिकास बैंक, कामना सेवा बिकास बैंक, सेन्ट्रल फाइनान्स, गुडविल फाइनान्स, आइसिएफसि फाइनान्स, सम्बृद्धि फाइनान्स लगायत पे. नेप. प्रा.लि. तथा फोकसवान सोलुसन्स्ल मार्फत सो सेवा उपलब्ध रहेको छ भने अन्य बैंक वित्तीय संस्थाहरु तथा भुक्तानी सेवा प्रदायकहरु पनि थपिने क्रममा रहेका छन् ।

हाल विभिन्न बैंक वित्तीय संस्थाको मोबाइल बैंकिङ्ग एप, विभिन्न भुक्तानी सेवा प्रदायकको वालेटको एप तथा कनेक्ट आइपीएस मोबाइल एप मार्फत नेपाल पे क्युआर स्क्यान गरी भुक्तानी गर्न सकिने प्रावधान रहेको छ ।

हाल उक्त सुविधा माछापुच्छ्रे बैंक, एभरेस्ट बैंक, हिमालयन बैंक, मेगा बैंक, नेपालक्रेडिट एण्ड कमर्स बैंक, एनआइसीएसिया, सानिमा बैंक, सनराइज बैंक, कामना सेवाबिकास बैंक, गुडविल फाइनान्स, आइसिएफसीफाइनान्स, सम्बृद्धि फाइनान्स, सेलपे मोरु गरी १२ वटा मोबाइल बैंकिङ्ग, २ वटा वालेट र कनेक्ट आइपिएस मोबाइल एपमा उपलब्ध रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS