IME Life New

मेगा क्यापिटलले आज २४.५% लाभांश पारित गर्दै, यस्ता छन् अन्य एजेण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मेगा क्यापिटल मार्केट्स लिमिटेडले आज मंसिर १६ गते साधारणसभा गर्दैछ । क्यापिटलले उक्त सभा फेयरफिल्ड बाई म्यारिओटमा गर्ने जनाएको छ । कम्पनीको कार्तिक ५ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

क्यापिटलको सञ्चालक समितिले आर्थिक वर्ष २०७८/७९ को लागि चुक्ता पूँजीको २४ दशमलव ५ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । सभाले उक्त प्रस्ताव पनि अनुमोदन गर्नेछ ।

Esewa
Crest
सभाले अध्यक्षको मन्तव्य सहित सञ्चालक समितिको वार्षिक प्रतिवेदन २०७८/०७९ पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको वासलात तथा आर्थिक वर्ष २०७८/०७९ को नाफा नोक्सान हिसाब र सोही अवधिको नाफा नोक्सान बाँडफाँड हिसाब, नगद प्रवाह विवरण लगायतका सम्बन्धित वित्तीय विवरणहरु पारित गर्नेछ ।

त्यस्तै, सभामा आर्थिक वर्ष २०७९/०८० को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालकहरुको नियुक्ति तथा अनुमोदन गर्ने, मुख्य कम्पनी मेगा बैंक नेपाल हाल गाभ्ने गाभिने प्रकृयामा रहेको र मुख्य कम्पनी मेगा बैंक नेपाल अन्य मर्चेन्ट बैंकिङ्ग व्यवसाय सञ्चालन गरिरहेका बैंक वित्तिय संस्थाहरुसँग गाभिएमा धितोपत्र व्यवसायी नियमावली, २०६४ को नियम २९ (क) बमोजिम सो कम्पनीसँग गाभ्ने गाभिने तथा अन्य मर्चेन्ट बैंकिङ्ग व्यवसाय सञ्चालन गरिरहेका कम्पनीहरुसँग गाभ्ने गाभिने सन्दर्भमा समेत प्रचलित कानुन तथा निर्देशनहरु बमोजिम अपनाउनु पर्ने तथा गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्य, प्रकृयाहरु पुरा गरी अख्तियार प्राप्त निकायबाट अन्तिम स्वीकृती लिने तथा सो सन्दर्भमा नियामक निकायहरुबाट निर्देश गरे बमोजिमका विवरण उपलब्ध गराउने लगायतका कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव अनुमोदन हुनेछ ।

त्यसैगरी सभाले गाभ्ने गाभिने सम्बन्धी प्रस्ताव सम्बन्धमा प्रबन्धपत्र तथा नियमावलीमा संशोधनका लागि नियमनकारी निकायबाट थपघट, परिवर्तन वा संशोधनको निर्देशन भएमा वा आवश्यकता अनुसार प्रबन्धपत्र तथा नियमावलीमा परिवर्तन वा संशोधन गर्न परेमा सो गर्न गराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS