IME Life New

नबिल बैंकको १ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल बैंकले १ लाख कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकमा हाल कायम संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको १ लाख कित्ता संस्थापक शेयर बिक्री गर्न निवेदन दिएकोले बैंकले उक्त शेयरहरू बिक्री गर्न लागेको जनाएको छ ।

उक्त शेयर खरिद गर्नको लागि हाल कायम संस्थापक शेयरधनीहरुले मात्र आवेदन दिन सक्ने छन्। नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम संस्थाका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आफुले खरिद गर्न चाहेको शेयर संख्या र मूल्य उल्लेख गरि आवेदन दिन बैंकले आग्रह गरेको छ ।

Esewa
Crest

आवश्यक कागजपत्र संकलन गरेर बैंकको केन्द्रिय कार्यालय, तिनधारा विणामार्ग, काठमाडौँमा आइपुग्ने गरी निवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुको आवेदन नआएमा प्रचलित कानून बमोजिम शेयर बिक्री प्रक्रिया अगाडि बढाउने पनि बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS