IME Life New

लगानी आधा आधा तर हालीमुहाली संस्थापक समूहकै, बीमा प्राधिकरण रमिते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्सको संस्थापक समूहले कम्पनीको संचालक समितिमा आफ्नो वर्चश्व कायमै राख्नका लागी २२ औं साधारण सभामा समेत साधारण शेयरधनीको समानुपातिक नेतृत्वबाट वञ्चित गराइ दिएको छ । कम्पनीको २१ औं वार्षिक साधारण सभाबाट कम्पनीको संस्थापक र सर्वसाधारण शेयरको अनुपात ५१ः४९ कायम भएकोमा २२ औं साधारण सभामा संचालक समितिले सर्वसाधारण शेयरधनीको समेत संचालक समितिमा संख्या थप्ने र संस्थापक समूहको संचालक संख्या कटौती गर्ने सम्बन्धी प्रस्ताव पेश नगरेर धुर्त्याई गरेको हो ।

वीरगंजको होटल भिषूवामा बिहीबार सीमित शेयरधनीको भौतिक उपस्थितिमा सम्पन्न भएको २२ औं साधारण सभामा संचालक समिति गठनमा पभन ५१ः४९ को अनुपात कायम गर्न शेयरधनीको तर्फबाट अनुरोध गरेपनि पहिले नै सूचित नगरिएको र सभामा प्रस्ताव पेश गर्नको लगी गणपुरक संख्या नपुगेको कारण देखाउँदै संचालक समितिले आगामी साधारण सभामा मात्र यो विषयलाई अगाडी बढाइने घोषणा गरेको छ ।

Esewa
Crest

नेपाल लाईफकाे संचालक समितिमा एकजना संस्थापक आवरण कै ‘ स्वतन्त्र संचालक’ समेत ७ सदस्य रहेका छन् जसमा संस्थापक शेयरधनीकाे तर्फबाट ४ जना र साधारण शेयरधनीकाे तर्फबाट जम्मा २ जना रहेका छन् ।

साधारण सभा पछि जारी गरिएको प्रेस विज्ञप्तीमा संचालक समितिमा सर्वसाधारण शेयरधनीको संख्या थप गर्ने विषयमा छलफल हुँदा कम्पनी ऐन, २०६३ को दफा ६७ को उपदफा ३ (क) बमोजिम पहिले नै सूचित नगरिएको विषयमा साधारण सभामा तत्काल विशेष प्रस्ताव राख्नका लागि चाहिने आवश्यक गणपुरक संख्या नपुगेकोले यस वार्षिक साधारण सभामा उक्त विषयलाई विशेष प्रस्तावका रुपमा स्वीकार गर्न नसकिएको परिस्थितिलाई आत्मसाथ गरी आगामी वार्षिक साधारण सभामा सो विषयलाई अगाडि बढाइने कुरा जानकारी गराइयो भन्ने उल्लेख गरिएको छ ।

Press Release 22nd AGM Final

नेपाल लाइफ, एलआइसी नेपाल, नेशनल लाइफ, शिखर इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, नेको इन्स्योरेन्स र यूनाइटेड इन्स्योरेन्स सहित ८ वटा बीमा कम्पनीलाई निर्देशन जारी गरेको थियो।  संस्थापकले आफ्नो लगानी घटाएर ७० प्रतिशतबाट ५१ प्रतिशतमा सीमित गरेपनि संचालक समितिमा बाहुल्यता यथावत राखेको विषयमा इन्स्योरेन्स खबरले पटक पटक समाचारमार्फत् सार्वजनिक गर्दै आएको छ ।

संचालक समितिमा हाबी हुन संस्थापक शेयरधनीले नियम मिचे, बीमा प्राधिकरण बन्यो मतियार

साधारण सभाबाट संचालक समितिले नियुक्त गरेको ‘स्वतन्त्र संचालक’ पारुल ढकालको नियुक्तिलाई समेत अनुमोदन गरेको छ । २१ औं साधारण सभामा संस्थापक समूहको प्रतिनिधित्व गर्दै नेपाल लाईफ इन्स्योरेन्सको संचालक रहेकी ढकाललाई ‘स्वतन्त्र संचालक’ को रुपमा नियुक्ति गरेर संचालक समूहको पृष्ठपोषण गर्न पुनः संचालक समितिमा भित्र्याएको हो ।

यता बीमा प्राधिकरणले सामान्य पत्र काट्दै कात्तिक १९ गते नै शेयर संरचना अनुसार संचालकको प्रतिनिधित्व गराउन झारो टार्ने काम गरेको थियो।  एक हप्ता अगाडी एजेण्डा थप गरेको भए हिजो सहजै पास हुने थियो तर बीमा प्राधिकरणलाई धोति लगाईदिन खप्पिस नेपाल लाइफका संचालक र ब्यबस्थापकले चतुराई खेल खेल्दा समेत प्राधिकरण रमिते मात्र बनेर हेरिरहेको छ।

शेयर रेसियो अनुसार संचालकको प्रतिनिधित्व गराउन ८ कम्पनीलाई बीमा समितिको निर्देशन

बुढी मरी भन्दा पनि काल पल्क्यो भन्ने उखानलाई चर्चा गर्दै एक बीमाका जानकारले भने नेपाल लाइफले प्राधिकरणको नीति निर्देशनको धज्जी उडाउदै पालना नगर्दा अरु बीमा कम्पनीले हुबहु पालना गर्नु पर्छ भन्ने हुदैन त्यसैले नियामकको लागि सबै कम्पनी बराबर हुनुपर्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

25%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

25%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS