IME Life New

मुक्तिनाथ क्यापिटलका ग्राहकले द हिमालयन ग्रिल बाईमा विशेष छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मुक्तिनाथ क्यापिटलका ग्राहकहरुले द हिमालयन ग्रिल बाई बाजेको रेस्टुरेन्ट सामाखुसीमा विशेष छुट पाउने भएका छन् । आज मुक्तिनाथ क्यापिटल र द हिमालयन ग्रिल बाई बीच सम्झौता भएको छ।

सम्झौतापत्रमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशी र द हिमालयन ग्रिल बाई बाजेको सामाखुसीका तर्फबाट अध्यक्ष मौसम कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

Esewa
Crest

सम्झौता अनुसार क्यापिटलको निक्षेप सेवा अन्तर्गतका हितग्राही खातावालाहरु तथा लगानी व्यवस्थापन सम्बन्धी सेवा लिई रहेका ग्राहकहरुले उक्त रेन्टुरेन्ट द हिमालयन ग्रिल बाई बाजेको समाखुसीबाट सेवा सुविधाको शुल्कमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

मुक्तिनाथ क्यापिटलमा हितग्राही खाता भएका तथा उक्त क्यापिटलबाट लगानी ब्यबस्थापन सेवा उपभोग गर्दै आएका ग्राहकहरुले आफ्नो डिम्याट खाता नम्बर र आफ्नो परिचय खुल्ने कागजात देखाई यस योजना अन्तर्गत उक्त छुट प्राप्त गर्न सकिने क्यापिटलले जनाएको छ ।

मुक्तिनाथ क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र व्यवसायी ९मर्चेन्ट बैंकर० को रुपमा अनुमतिपत्र प्राप्त गरी निष्काशन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, शेयर रजिष्ट्रेशन, लगानी व्यवस्थापन तथा निक्षेप सदस्य सम्बन्धी सेवा विश्वसनीयताका साथ आफ्नो ग्राहकवर्गहरुलाई प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS