IME Life New

नेपाल बैंक ८६औं बर्षमा प्रवेश, भव्यताका साथ मनायो ८५औं वार्षिकोत्सव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वि.सं. १९९४ साल कार्तिक ३० गते स्थापना भएको नेपाल बैंकले २०७९ साल कार्तिक ३० गते आफ्नो ८५औं बर्ष पुरा गरी ८६औं बर्षमा प्रवेबेश गरेको छ । बैंकले आफ्नो ८६औं बार्षिकोत्सव समारोह भव्यताका साथ सम्पन्न गरेको छ ।

वार्षिकोत्सव समारोहको प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी थिए । त्यसैगरी नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर तथा नेपाल बैंक लिमिटेड संचालक समितिका पूर्व डाइरेक्टर जनरल हिमालय शंसेर जबरा, अर्थमन्त्रालयका राजस्व सचिब रामेश्वर दंगाल, नेपाल बैंकर्स एसोसियसनका अध्यक्ष अनिल कुमार उपाध्याय विशेष अतिथिको रुपमा रहेका थिए ।

Esewa
Crest

उक्त समारोहको अध्यक्षता बैंकका संचालक समिति अध्यक्ष गंगा प्रसाद ज्ञवालीले गरेका थिए। समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीले नेपालको पहिलो बैंक ८६ बर्षमा प्रबेश गरेको उपलक्ष्यमा शुभकामना प्रकट गर्दै नेपालको बैंकिङ्ग बिकास र उद्यमशिलताको प्रबद्र्धनमा नेपाल बैंकको अतुलनिय भूमिका रहेको बताए ।

त्यसैगरी आफ्नो शुभकामना मन्तव्य राख्दै कार्यक्रमका विशेष अतिथि अर्थ मन्त्रालयका राजस्व सचिव रामेश्वर दंगालले नेपाल बैंक लिमिटेड नेपालको बैंकिङ क्षेत्रको ऐतिहासिक धरोहर रहेको विषय उल्लेख गर्दै बर्तमान सूचकहरुले बैंक निकै सबल र प्रतिस्पर्धि रहेको धारणा उल्लेख गरेका थिए ।

त्यस्तै, नेपाल बैंकर्स संघका अध्यक्ष अनिल कुमार उपाध्यायले नेपाल बैंक दिनप्रतिदिन सबल हुंदै गएको विषय उल्लेख गर्दै बैंकले भविश्यमा अझै धेरै प्रगती गर्दै जाओस् भन्ने शुभकामना व्यक्त गरेका छन्।

बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले नेपाल बैंकको विगत,बर्तमान र भविश्यको वारेमा चर्चा गर्दै नेपाल बैंकका ३ वटा नयां प्रोडक्टहरु क्रमशः अनलाइन एफ्डी, गोल्ड लोन प्रोसेस डिजिटाईजेशन र डलर प्रिपेड कार्ड संचालनमा ल्याएको घोषणा गरेका थिए।

त्यसैगरी कार्यक्रममा बैंकमा रहेका ट्रेड युनियनका प्रतिनिधहरुले समेत आफ्नो शुभकामना मन्तव्य व्यक्त गरेका थिए । समारोमा बैंकले गत आ.वमा उत्कृष्ठ कार्यसम्पादन गर्ने शाखाहरुलाई पुरस्कार तथा प्रशंसा पत्र प्रदान गरेको थियो । त्यसैगरी बार्षिकोत्सवको अवसर पारेर बैंकले आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिताका विजयीहरुलाई समेत प्रमाण पत्र तथा मेडल प्रदान गरिएको थियो ।

बैंकले केएलदुगड गु्रपका अध्यक्ष किसलनलाल दुगड र द्वारीकाज होटलका अध्यक्ष अम्बिका श्रेष्ठलाई उत्कृष्ठ ग्राहकको रुपमा सम्मान गरेको थियो । त्यसैगरी सो समारोहमा बैंकले नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर तथा नेपाल बैंक लि।का वि।सं २००८ देखि वि।सं। २०११ सम्मका डाइरेक्टर जनरल हिमालय सम्शेर जबरालाई अभिनन्दन समेत गरेको थियो ।

बैंकले २२६ शाखाहरु, १९९ एटिएम मेसिन साथै ५० वटा एक्टेन्सन काउन्टर मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS