IME Life New

त्रैमास सकेकाे ३० दिन बितेपनि बीमकले वित्तीय प्रतिवेदन पेश गरेनन्, प्राधिकरणले जरिवाना गर्न सक्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाैं । नेपाल बीमा प्राधिकरणले त्रैमासिक वित्तीय विवरण त्रैमासिक अवधि समाप्त भएकाे ३० दिनभित्र प्राधिकरणमा पेश गर्न बीमा कम्पनीहरुलाई ध्यानाकर्षण गराएकाे छ । प्राधिकरणले चालू आर्थिक वर्षकाे पहिलाे त्रैमास असाेज मसान्त पछिकाे ३० दिनकाे अवधि पुरा भएकाे अन्तिम दिन परिपत्र जारी गर्दै बीमकहरुकाे ध्यानाकर्षण गराएकाे हाे ।

प्राधिकरणले नयाँ बीमा एन अनुसार प्रतिवेदन पेश गर्नकाे लागी ३० दिनकाे समयावधि पुरा भएपछि बुधबार अबेर साँझ माात्र पत्र मार्फत् ध्यानाकर्षण गराएकाे छ । प्राधिकरणले पहिलाे पटककाे लागी बीमकहरूलाई नयाँ कानूनी प्रावधान बारे सचेत गराएकाे हुनसक्छ ।

Esewa
Crest

नयाँ बीमा ऐन २०७९ अनुसार बीमा कम्पनीहरुले पहिले त्रैमास पुरा भएकाे ३० दिनकाे अवधि अर्थात् कात्तिक ३० गते भित्र त्रैमासिक विवरण प्रकाशन गरेपनि अधिकांश बीमकले प्राधिकरणमा विवरण पेश गरेका छैनन् । नयाँ कानूनी प्रावधान अनुसार बीमा प्राधिकरणले ताेकिएकाे म्याद भित्र प्रतिवेदन पेश नगरेकाेमा जरिवाना गर्न सक्नेछ । प्राधिकरणले सबै बीमकलाई नगद जरिवाना सहित कारवाही गर्ने हाे भने म‌ंसिर १ गते १९ जीवन , १९ निर्जीवन बीमक २ पुनर्बीमकसँग जरिवाना असुली गर्न सक्नेछ ।

नयाँ बीमा ऐनमा बीमा कम्पनीहरुले ताेकिएकाे समयमा वित्तीय विवरण प्राधिकरण समक्ष पेश नगरेकाे अवस्थामा म्याद नाघेकाे पहिलो एक साता दैनिक २५ हजार रुपैयाँका दरले जरिवाना तिर्नु पर्ने प्रावधान छ । बीमा ऐन २०७९ को दफा १३८ मा बीमा कम्पनीहरुले त्रैमासिक वित्तीय विवरण प्रत्येक त्रैमाशिक अवधि समाप्त भएको तीस दिनभित्र नेपाल बीमा प्राधिकरणमा पेश गर्नु पर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS