IME Life New

सानिमा ग्रोथ फण्डको इकाईमा आवेदन दिने आज अन्तिम मौका

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौ। । सानिमा क्यापिटलले कात्तिक १६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको सानिमा ग्रोथ फण्डको इकाईमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । यस योजना अन्तर्गत क्यापिटलले प्रतिइकाई १० रुपैयाँ दरको १२ करोड इकाई निष्काशन गरेको हो ।

जसमध्ये न्यूनतम १ करोड ५६ लाख वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १३ प्रतिशत इकाई कोष प्रबद्र्धक सानिमा बैंकलाई सुरक्षित गरिएको छ भने २ प्रतिशत अर्थात २४ लाख इकाई योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेडलाई सुरक्षित गरिएको छ।

Esewa
Crest

लगानीकर्ताले बाँकी १० करोड २० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम १ करोड २० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्।

यस इकाईका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ। यो फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS