Connect IPS
IME Life

मंसिरमा बैंकहरुको व्याजदर नबढ्ने, मौद्रिक नीतिको त्रैमाशिक समिक्षा कुर्दै बैंकहरु

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बैंकहरुले मंसिर महिनाका लागि व्याजदरमा परिवर्तन गर्ने भएका छन् । बैंकर्स संघको पहलमा बैंकहरु विच व्याजदर बढाउने भद्र सहमति भएको हो । उद्योगी व्यवसायीहरुको चरणबद्ध आन्दोलनका कारण पनि बैंकहरु व्याजदर नबढाउने निष्कर्षणमा पुगेका हुन् ।

बैंकहरुले कार्तिक महिनाका लागि व्याजदर बढाएका थिए । यस सँगै निक्षेप र कर्जा दुबैको व्याजदर ह्वात्तै बढेको छ । कर्जाको व्याजदर बढ्दा व्यवसाय चलाउनै गाह्रो परिरहेको व्यवसायीहरुको भनाइ छ । कोभिड १९ को समयमा नेपाल राष्ट्र बैंकले लिएको चलकताका कारण बजारमा अत्याधिक तरलता प्रवाह भएको थियो । अधिक तरलता प्रवाह हुँदा उक्त पैसा अनुत्पादनमुलक क्षेत्रमा गएको विश्लेषकहरु बताउछन् । ठुलो रकम घरजग्गामा फसेको छ । यहि समयमा शेयर बजार पनि धेरै नै तल झरेका कारण लगानीकर्ताहरुको कन्फिडेन्स लुज भएको छ ।

Prabhu
Crest

तर नेपाल राष्ट्र बैंकले भने तरलता सहजिकरणका लागि कुनै पनि वित्तीय औजार प्रयोग गरिरहेको छैन । अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर महाप्रसाद अधिकारीको व्यक्तिगत मनमुटावले पनि अर्थतन्त्रलाई ठुलो असर पुर्याइरहेको छ । नेकपा ऐमालेले पनि महाप्रसादको काधमा टेकेर सरकारलाई असफल बनाउने काम गरिरहेको छ । तर यसको सिकार समग्र नेपाल र नेपाली हुन पुगेका छन् ।

राष्ट्र बैंकले प्रथम त्रैमाशिक समिक्षा मार्फत केहि सुधारको उपाय अपनाउन सक्ने विश्लेषण गरिए पनि आसन्न चुनावी नतिजा नआउने वेलासम्म गभर्नर अधिकारी पनि रिजर्भमा बस्न सक्ने सम्भावना छ । चुनाव पछि कसको सरकार बन्छ सोहि अनुरुप नीति लिने पक्षमा अधिकारी छन् । अधिकारीकै कारणले गर्दा अझ अधिकारीको असक्षमताका कारण बैंकिङ क्षेत्र धारासायी बनेको विश्लेषण हुन थालेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

50%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS