काठमाडौं । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल व्यालेन्स्ड फण्ड २ र नबिल इक्वीटी फण्डले नगद लाभांश वितरण गरेका छन् । नबिल व्यालेन्स्ड फण्ड २ ले कर समेत गरी ७ प्रतिशत र नबिल इक्वीटी फण्डले कर समेत गरी ५ प्रतिशत नगद लाभांश वितरण गरेका हुन । उक्त लाभांश वितरण गरेको एक सुचना जारी गर्दै जनाएका छन् ।
यी दुई योजनाले लाभांश प्रयोजनका लागि कात्तिक १८ गते एक दिन बुक क्लोज गरेका थिए । बुक क्लोजको आधारमा कात्तिक १७ गतेसम्म कायम इकाईधनीहरूको हितग्राही खातामै लाभांश जम्मा गरिएको योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले जनाएको छ ।
बुक क्लोजको अवधिसम्म आफ्नो इकाई धितो राखेका इकाईधनीहरूको हकमा प्रतिफल प्राप्त गर्न सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृति अनिवार्य रुपमा पेश गर्नुपर्ने योजना व्यवस्थापकले जनाएको छ ।
हालसम्म पनि आफ्नो इकाई प्रमाणपत्र अभौतिकिकरण नगराएका इकाईधनीलाई यथाशिघ्र अभौतिकिकरण गराई हितग्राही खाता रहेको निक्षेप निक्षेप सदस्यकोमा सम्पर्क गरी हितग्राही खातामा बैंक खाता र प्यान नम्बर अद्ययावधिक गराउन आग्रह गरेको छ ।