IME Life New

प्रथम त्रैमासमा डिप्रोक्स लघुवित्तको नाफा घट्दा प्रतिशेयर आम्दानी कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले ९ करोड ९१ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ४२ दशमलव ८९ प्रतिशतले कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १७ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ७ दशमलव ४३ प्रतिशत घटेको छ । लघुवित्तको कुल सञ्चालन आम्दानी ३ दशमलव ०९ प्रतिशतले घटेको छ । सञ्चालन मुनाफा ४३ दशमलव १३ प्रतिशतले घटेको छ। निष्क्रिय कर्जा ३ दशमलव ०१ प्रतिशतविन्दु बढेर ३ दशमलव ६८ प्रतिशत पुगेको छ ।

Esewa
Crest

असोज मसान्तसम्ममा १ अर्ब १५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २ अर्ब २ करोड रुपैयाँ संचिती रहेको छ। यस अवधिसम्ममा लघुवित्तको निक्षेप तथा सापटी १६ अर्ब १६ करोड रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीले १८ अर्ब ७३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

यस अवधिमा लघुवित्तको नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। यस अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ७५ पैसा घटेर ३४ रुपैयाँ २९ पैसामा सीमित भएको छ। असोज मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात २६.३ गुणा रहेको छ । प्रतिशेयर नेटवर्थ २७५ रुपैयाँ २८ पैसा रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS