Connect IPS
IME Life

विनाेद चाैधरीकाे वाईवाईलाई चुनाैती दिंदै करेन्ट चाउचाउ, वर्षदिनमै रु.३ अर्ब भन्दा बढीकाे काराेबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाण्डौं । बहुर्राष्ट्रिय कम्पनी सिजी ग्रुपको वाईवाई ब्राण्ड चाउचाउलाई स्वदेशमै चुनौती दिइरहेको करेन्ट ब्राण्ड चाउचाउको उत्पादक यसोदा फुड्स प्रा.लि.ले वर्ष दिनमै झण्डै साढे तीन अर्ब रुपैयाँ बराबरको व्यापार गरेको छ ।
रातो पिरो करेन्ट ब्राण्ड चाउचाउको लोकप्रियतासँगै बजार माग बढेपछि आ.व. २०७८।७९ मा यसोदा फुड्सको वार्षिक कारोबार ३ अर्ब ४३ करोड ८० लाख नाघेको छ । कम्पनीले एक वर्षमै कारोबार २९ प्रतिशतले वृद्धि गरेको छ । अघिल्लो आ.व. २०७७।७८ मा कम्पनीले २ अर्ब ६६ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो ।

क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ नेपालका अनुसार यसोदा फुड्सको अघिल्लो चार वर्षको वार्षिक औसत वृद्धि दर २८ प्रतिशत रहेको छ । यूवा उपभोक्तामाझ करेन्ट चाउचाउको बढ्दो लोकप्रियतासँगै गत आ.व.मा कम्पनीले कूल जडित उत्पादन क्षमताको ९० प्रतिशतसम्म सदुपयोग गर्न पाएको थियो ।

Prabhu
Crest

लामो समयदेखि वाईवाई ब्राण्ड चाउचाउको एकैखाले स्वाद चाख्दै आएका उपभोक्तालाई यसोदा फुड्सले करेन्ट चाउचाउमार्फत् तात्तातो पिरो चाउचाउ खान बाध्य बनाउँदैछ । करेन्ट चाउचाउको लोकप्रियताको कारण कहिल्यै यो चाउचाउ नखाएकाहरु पनि एक पटकको लागी भएपनि यसको स्वाद लिन आतुर हुने गरेका छन् ।

कम्पनीले केयर रेटिङ्गस नेपालबाट १ अर्ब ४ करोड ९३ लाख रुपैयाँ बैंक कर्जा प्रयोजनको लागी वित्तीय जोखिम मूल्यांकन गराएको छ । यो कर्जा रकममध्ये दीर्घकालीन कर्जावापतको २९ करोड ९३ लाख रुपैयाँको लागी त्रिपल बि र बाँकी ७५ करोड ५० लाख अल्पकालीन कर्जाको लागी ए थ्रि प्लस रेटिङ पाएको छ ।

क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ नेपालका अनुसार यसोदा फुड्सको कुल आम्दानीको ९४ प्रतिशत हिस्सा करेन्ट चाउचाउमै निर्भर छ । एउटै उत्पादनमा आम्दानीको ठूलो हिस्सा निर्भर रहेको हुँदा भविष्यमा जोखिम हुन सक्नेतर्फ औंल्याउँदै अन्य उत्पादनको बजारीकरणमा पनि जोड दिनको लागी सुझाव दिइएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS