काठमाडौं । एशियन क्यापिटल लिमिटेडको सातौं वार्षिक साधारण सभा कार्तिक २४ गते आज हुँदैछ । काठमाडौंस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा उक्त दिन ३ बजे साधारण सभा शुरु हुने बताइएको छ । गत असोज २३ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।
साधारण सभामा आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन पारितका लागि प्रस्ताव पेस हुनेछ । साधारण सभामा आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पनि पारित गरिनेछ ।