IME Life New

प्रथम त्रैमासमा यस्तो देखियो आरम्भ चौतारी लघुवित्तको वित्तीय अवस्था

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले ६६ लाख ४० हजार रुपैयाँ नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनकिो नाफा ५५.०५ प्रतिशतले कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १ करोड ४७ लाख ७२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २६ दशमलव ३४ प्रतिशत घटेको छ । अन्य सञ्चालन आम्दानी १४ दशमलव १२ प्रतिशतले घटेको छ। त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी २३ दशमलव २९ प्रतिशतले घटेको छ । सञ्चालन मुनाफा ६५ दशमलव ९१ प्रतिशतले घटेको छ।

Esewa
Crest

यस अवधिमा लघुवित्तको चुक्ता पूँजी २८.०३ प्रतिशतले बढेको छ । जगेडा कोष ३६ दशमलव ८० प्रतिशतले घटेको छ। त्यसैगरी, लघुवित्तको सापटी ०.६४ प्रतिशतले घटेको छ भने निक्षेप १८ दशमलव ०४ प्रतिशत र कर्जा ६ दशमलव ६४ प्रतिशतले बढेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। यस अवधिमा लघुवित्तको प्रति शेयर आम्दानी १३ रुपैयाँ ३७ पैसा घटेर ७ रुपैयाँ २३ पैसामा झरेको छ। असोज मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ९८.३४ गुणा रहेको छ । प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ ६६ पैसा रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS