IME Life New

राष्ट्र बैंकले १८ अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबार १८ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले २८ दिन अवधिको ५ अर्ब, ९१ अवधिको ७ अर्ब १० करोड रुपैयाँ र १८२ दिन अवधिको ६ अर्ब रुपैयाँ गरी कुल १८ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो ।

राष्ट्र बैंकका अनुसार २८ दिन अवधिको ट्रेजरी आगामी मंसिर २० गते परिपक्व हुनेछ । ९१ दिन अवधिको ट्रेजरी माघ २४ गते र १८२ दिन अवधिको ट्रेजरी २०८० बैशाख २६ गते परिपक्व हुनेछ । यसअघि बैंकले ९१ अवधिको ५ अर्ब १० करोड रुपैयाँ, १८२ दिन अवधिको १० अर्ब रुपैयाँ र ३६४ दिन अवधिको १ अर्ब ५६ करोड रुपैयाँ गरी कुल १६ अर्ब ६६ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गरेको थियो ।

Esewa
Crest

ऋणपत्रको बोलकबोल अनलाइनमार्फत सोमबार दिउँसो ३ बजे खुला हुने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS