IME Life New

प्रथम त्रैमासमा सिवाईसी नेपाल लुवित्तको नाफा घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। यस अवधिमा लघुवित्तले खुद नाफा ४४ दशमलव ७३ प्रतिशतले घटेको छ । यस अवधिमा कम्पनीले १ करोड ५१ लाख ३७ हजार रुपैयाँमा नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३६ दशमलव १० प्रतिशत बढेको छ । कुल सञ्चालन आम्दानी ४०.३३ प्रतिशत बढेको छ। यस अवधिमा लघुवित्तको सञ्चालन मुनाफा ५.५५ प्रतिशत घटेको छ।

Esewa
Crest

यस अवधिमा लघुवित्तको चुक्ता पूँजी ४८.१५ प्रतिशत बढेको छ । जगेडा कोषको १४४.१२ प्रतिशतले बढेको छ। त्यसैगरी, लघुवित्तको निक्षेप ५१.५० प्रतिशत, सापटी २००.५० प्रतिशत र कर्जा ७६.८२ प्रतिशत बढेको छ।

यस अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। यस अवधिमा लघुवित्तको यस्तो आम्दानी ८३ रुपैयाँ ६३ पैसा घटेर ४९ रुपैयाँमा ७८ पैसामा झरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS