IME Life New

प्रभु बैंकका ग्राहकले हार्नेस् जिपलाइनमा छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु बैंकका ग्राहकले हार्नेस् जिपलाइन प्रा.लिमा छुट पाउने भएका छन् । प्रभु बैंक र कुस्मा, पर्वत स्थित हार्नेस् जिपलाइन प्रा.लि. बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको हो ।

सम्झौतामा बैंकका तर्फबाट गण्डकी प्रदेश इन्चार्ज राजु राना मगर र हार्नेस् जिपलाइन प्रा।लि।का तर्फबाट अध्यक्ष विदुर पौड्यालले हस्ताक्षर गरेका छन् ।

Esewa
Crest

सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका ग्राहकहरुले हार्नेस् जिपलाइन प्रा.लि. द्धारा सञ्चालित ९ट्यान्डम, सुपरम्यान एण्ड क्लासिक जिपलाइन ०सेवामा १० प्रतिशत छुट प्राप्त गर्ने बैंकले जनाएको छ।

बैंकका अनुसार सम्झौता अन्तर्गत हार्नेस् जिपलाइन प्रा।लि। मा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, हार्नेस् जिपलाइन प्रा.लि. का उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुने विश्वास लिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS