Connect IPS
IME Life

एक्सेल डेभलपमेण्ट बैंकको नाफा २० प्रतिशतले बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा नाफा १९ दशमलव ६२ प्रतिशतले बढी हो ।

कम्पनीले गत आर्थिक वर्षमा १ करोड ८२ लाख नाफा कमाएकोमा चालू आर्थिक वर्षमा बढेर २ करोड १८ लाख पुगेको छ । चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा वृद्धि भएको छ । गत आर्थिक वर्षको तुलनामा कम्पनीको खुद ब्याज आम्दानी चालू आवमा ३७ प्रतिशत वृद्धि भएको छ ।

Prabhu
Crest

गत आर्थिक वर्षमा ११ करोड ३१ लाख खुद ब्याज आम्दानी भएकोमा चालू आर्थिक वर्षवमा बढेर १५ करोड ५४ लाख पुगेको छ। त्यसैगरी कम्पनीको सञ्चालन नाफा ९७ प्रतिशत भएको छ । गत आवमा कम्पनीको सञ्चालन नाफा २ करोड ६१ लाख रहेकोमा चालू आवमा बढेर ५ करोड १५ लाख पुगेको हो ।

चुक्तापूँजी १ अर्ब २४ करोड रहेको कम्पनीले जगेडामा ४० करोड २९ लाख सञ्चित गरेको छ । चालू आर्थिक वर्षमा कम्पनीले ११ अर्ब ६२ करोड निक्षेप संकलन गरेर १० अर्ब भन्दा बढी कर्जा लगानी गरेको छ ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ०१ पैसा रहेको छ । मूल्य आम्दानी अनुपात ४४ दशमलव २२ गुणा, तरलता अनुपात २३ दशमलव ८४ प्रतिशत र प्रतिशेयर नेटवर्थ १३२ रुपैयाँ ८९ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS