IME Life New

गुहेश्वरी मर्चेन्ट बैंकिङ्गको नाफा घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा फाइनान्सले २२ लाख ७२ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ८५.५७ प्रतिशतले कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा फाइनान्सले १ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ३४.१६ प्रतिशतले बढेको छ भने खुद फि तथा कमिसन आम्दानी ६५.५२ प्रतिशत घटेको छ। इम्पेरमेन्ट चार्ज १ करोड ४८ लाख रुपैयाँबाट बढेर ३ करोड ११ लाख रुपैयाँ पुगेसँगै सञ्चालन मुनाफा ८७.५५ प्रतिशत घटेको छ। जसका कारण खुद नाफा घट्न पुगेको हो।

Esewa
Crest

यस अवधिमा कम्पनीको जगेडा कोष ३१.०२ प्रतिशतले घटेको छ। फाइनान्सको निक्षेप र कर्जा भने सो अवधिमा क्रमशः १.८४ प्रतिशत र ७.१५ प्रतिशत बढेको छ।

फाइनान्सको प्रतिशेयर आम्दानी अर्थात इईपीएस ६ रुपैयाँ ३३ पैसा घटेर ९६ पैसामा सीमित भएको छ। असोज मसान्तसम्ममा फाइनान्सको मूल्य आम्दानी अनुपात ३४४.९९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२६ रुपैयाँ ४५ पैसा रहेको छ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS