काठमाडौं । एनआइसी एशिया क्यापिटल अन्तर्गतका तीन योजनाहरू एशिया डाइनामिक डेप्ट फण्ड, एनआइसी एशिया ब्यालेन्स्ड फण्ड र एनआइसी एशिया ग्रोथ फण्डको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन रहेको छ । कात्तिक ७ गतेदेखि धितोपत्र दोस्रो बजार बन्द रहेको छ ।
गत आर्थिक वर्ष ०७८/७९ को सञ्चित मुनाफाबाट एनआइसी एशिया डाइनामिक डेप्ट फण्डले करसमेत ६ प्रतिशत, एनआइसी एशिया ब्यालेन्स्ड फण्डले करसमेत १३ प्रतिशत र एनआइसी एशिया ग्रोथ फण्डले पनि करसमेत १३ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेका छन् ।
प्रस्तावित लाभांश प्रयोजनका लागि तीन वटै फण्डहरूले कात्तिक १५ गते एक दिन बुक क्लोज गर्ने भएका छन् । त्यसकारण बुक क्लोजको आधारमा तीन वटै योजनाको लाभांश कात्तिक १४ गतेसम्म कायम इकाईधनीहरूले मात्र प्राप्त गर्ने भएका हुन् ।