IME Life New

एनसीसी बैंकले आब्हान गर्यो साधारण सभा, लाभांश सहित यस्ता छन् अन्य एजेण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनसीसी बैंकले मङ्सिर २ गते साधारणसभा आब्हान गरेको छ । कम्पनीले नेपाल प्रज्ञा प्रतिष्ठानमा सभा आह्वान गरेको हो । कम्पनीको कात्तिक ४ गतेको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । बैंकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट ३.३६६३ प्रतिशत बोनश शेयर र चुक्ता पूँजीको ७.६३३७ प्रतिशत नगद लाभांश गरि कुल ११.२९६७ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले उक्त प्रस्ताव पारित गरेको छ ।

सभाले सञ्चालक समितिको पच्चीसौं वार्षिक प्रतिवेदन पारित गर्ने,आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह लगायतका संलग्न अनुसूचीहरु समेतको स्वीकृत वित्तीय विवरणहरु स्वीकृत गर्ने प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

त्यस्तै, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०६३ को दफा ६० तथा कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नेछ । सभाले बैंकको प्रबन्धपत्रमा देहाय बमोजिम संशोधन गर्ने, प्रबन्धपत्रको दफा ५ मा रहेको पूँजीगत संरचनामा देहाय बमोजिम संशोधन गर्ने सम्बन्धमा बैंकको तत्काल जारी गर्ने शेयर पूँजी वृद्धि गर्ने र पुग्ने भएकोले सोही बमोजिम संशोधन गर्नेछ ।

बैंकको प्रबन्धपत्रमा भएका संशोधन सम्बन्धी विशेष प्रस्तावहरु सम्बन्धित नियामक निकायबाट स्वीकृति लिने क्रममा उक्त निकायहरुको निर्देशन अनुसार फेरबदल, परिमार्जन, थपघट गर्नु परेमा सो कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

बैंकको साधारण सभाले यस बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरू एक आपसमा गाभ्ने र गाभिने वा प्राप्ति एक्वीजिशन गर्न, वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा बैंकको चल अचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्याङ्कन गर्न राष्ट्रिय वा अन्तर्राष्ट्रिय मान्यता प्राप्त मूल्याङ्कनकर्ता नियुक्ति गर्न तथा गाभ्ने वा गाभिने वा प्राप्ति गर्ने सम्बन्धी सहमतिरसम्झौता गर्ने तथा सो सम्बन्धमा प्रचलित कानून, नियम अनुसार बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नका लागि सञ्चालक समितिलाई आवश्यक सम्पूर्ण अख्तियारी प्रदान गर्नेछ ।

हाल एनसीसी बैंक र कुमारी बैंक मर्जर प्रक्रियामा छन् । मर्जर प्रक्रियामा रहेको बैंकको शेयर कारोबार असोज ११ गतेदेखि रोक्का छ । कार्तिक १५ गतेसम्म बैंकको शेयर दर्ता किताबमा कायम कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँ सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS