IME Life New

सिटिजन लाइफको जमल शाखाद्वारा आमाको घरमा खाद्यान्न वितरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन लाइफको जमल शाखाले आफ्नो पाँचौ बार्षिकोत्सवको अवसर पारेर कार्तिक ४ गते आमाको घर रवीभवन, कालीमाटीमा पुगेर खाद्यान्न वितरण गरेको छ । उक्त कार्यक्रममा शाखाका प्रबन्धकहरु तथा सिटिजन लिडरहरुको सहभागिता थियो ।
सहयोग स्वरुप एक सय पच्चीस केजीचामल, पच्चीस केजीदाल, दश लिटर तेल, एक बोरा चिउरा लगायत कर्नफ्लेक्स–बिस्कुटहरु प्रदान गरेको थियो । जमल शाखा प्रबन्धक प्रकाश कुमार श्रेष्ठ र सिटिजन सिनियर लिडर टुक बहादुर रानाले आउदै गरेको दिपावलीतथा छठको शुभकामना सहित सु–स्वास्थ्यतथा दिर्घायूको कामना व्यक्त गरे ।

सिटिजनले बिभिन्न अवसर पारेर यस्तो कार्य गर्ने गरेको र पछि पनि यस्तै सहयोग गरिरहने प्रतिबद्वता प्रकट गरेका थिए । आमाको घरले बिभिन्न समस्यामा परेका बृद्द–बृद्दाहरुलाई निःशुल्कखान बस्न तथा पालन पोषण गरिरहेको छ । हाल उक्त घर रवीभवनमा २३ जना असहाय बृद्दाहरु र केहि बृद्द तथा केटाकेटीहरु रहेको उक्त घरकी संचालिका दिलशोभा श्रेष्ठले बताइन् ।

Esewa
Crest

यस्तो मानवसेवा अन्य बिभिन्न स्थानबाट पनि संचालन गरेकी दिलशोभाले साच्चै दिल खोल्दै भनिन्– “बुवाआमालाई बाचुन्जेल खुसी राख्नुस कि न मरेपछि, बुवाआमा नै जिउदो भगवान हुन् ।”

उक्त घरमा बिभिन्न शारीरिक तथा मानसिक बिरामी साथै एक सय बर्ष भन्दा बढी उमेर पुगेका केहि बृद्दाहरु पनि छन् साथै तत्कालै स्वास्थ्य सेवाको आवस्यक परेका केहि बृद्दाहरु सहयोगको आशामा रहेका छन् ।

हाल उक्त घरमा केहि महिनादेखि आर्थिक तथा अन्य व्यवस्थापनको लागि सहयोग स्वरुप शीव अधिकारीले हेरिरहेको समेत जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS