IME Life New

विविध कार्यक्रम गरी मनायो एभरेष्ट बैंकले २८औं वार्षिकोत्सव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विशेष कार्यक्रमका बिच एभरेष्ट बैंक लिमिटेडले आफ्नो २८ औं वार्षिकोत्सव मनाएको छ । सो अवसरमा बैंकले प्रधान कार्यालयमा वृक्षारोपण तथा संस्थागत सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरु आयोजना गरेको हो ।

बैंकका २०० भन्दा बढी कर्मचारी तथा ग्राहकहरुका बिच मा सम्पन्न सो कार्यक्रममा बैंकले सेवा अवधिको २५ वर्ष पूरा गरेका १० जना कर्मचारीहरुलाई सम्मान समेत गरेको छ ।

Esewa
Crest

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल नेत्र ज्योती संघलाई डा. राम प्रसाद पोखरेल आँखा अस्पताल धनकुटामा रहने गरी आँखा जाँचने मेशिन खरिद गर्नका लागि ४ लाख ८० हजार २५० रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सुदेश खालिङले नेपाल नेत्र ज्योती संघका बोर्ड सदस्य द्रोण गुरगाँईलाई उक्त कार्यक्रमका बिच सो चेक हस्तान्तरण गरे ।

सो कार्यक्रममा नेपाल नेत्र ज्योती संघ धनकुटाका तर्फबाट श्री रोशेस श्रेष्ठको समेत उपस्थिति रहेको थियो । साथै बैंकले ललितपुरको टैखेलमा सोलार यात्रु प्रतिक्षालय निमार्ण गर्नका लागि गोदावरी नगरपालिका वडा नं. ३ संग सम्झौता गरेको छ । बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत श्री विजय कुमार शर्मा र वडा कार्यालयको तर्फबाट अध्यक्ष सानु राजा घिमिरेले एक कार्यक्रमका बिच सो सम्झैतामा हस्ताक्षर गरेका हुन ।

पंजाब नेशनल बैंक भारत संग संयुक्त साझेदार रहेको यस बैंक स्थापना काल देखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १२ लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरी छरिएर रहेको आफ्नो १२० शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, प्रादेशिक कार्यालयहरु, १५५ एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र SMS बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS