IME Life New

वाणिज्य बैंकलाई चुनौती दिँदै गुडविल फाइनान्सले बचत खातामै ल्यायो ११% ब्याजको योजना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। बैंक तथा वित्तीय संस्थाबीच निक्षेप आकर्षित गर्न ब्याज दर प्रतिस्पर्धा चुलिएपछि गुडविल फाइनान्स लिमिटेडले सामान्य बचत खातामै ११ प्रतिशत सम्म ब्याज दर घोषणा गरेको छ। गुडविलले व्यक्तिगत बचत खातामा ग्राहकलाई १० देखि ११ प्रतिशतसम्म ब्याज दिने घोषणा गरेको हो ।

त्यसैगरी संस्थागत ग्राहकलाई लक्षित गर्दै गुडविल फाइनान्सले कल डिपोजिटमा ५ प्रतिशत ब्याज दरमा ब्याज दिने घोषणा गरेको छ। वित्तीय बजारमा तरलता अभावको कारण लगानीयोग्य रकम नभएपछि बैंक तथा

Esewa
Crest

वित्तीय संस्थाले निक्षेप आकर्षित गर्न हरसम्भव प्रयास गरिरहेका छन्। कात्तिक महिनाको लागि ब्याज दर सार्वजनिक गरेका वाणिज्य बैंकले साधारण बचत खातामा ७।१३ प्रतिशत र मुद्दती बचत खातामा १२ प्रतिशतसम्म ब्याज दर घोषणा गरेका छन्।

विकास बैंकले ६० महिना अर्थात् ५ वर्षमै दोब्बर रकम फिर्ता दिने गरी मुद्दती बचत योजना ल्याएका छन्। यसबाहेक वाणिज्य बैंकले बचतकर्तालाई रिझाउन स्वास्थ्य बीमा, दुर्घटना बीमाको समेत सुविधा बिस्शुल्क उपलब्ध गराइरहेका छन्।

बचत र मुद्दतीको ब्याज दर बढ्दै जाँदा कर्जाको ब्याजदर पनि ह्वात्तै बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

86%
happy

खुसी

14%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS