IME Life New

प्रतिवन्ध लगाइएका सामानको आयातमा बैंकिङ सुविधा नदिन राष्ट्र बैंकको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले पठारीमा बन्देज लगाएका सामानमा एलसी खोल्न प्रतिवन्ध लगाएको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले विदेशी विनियमय ऐन २०१९ ले दिएको अधिकार प्रयोग गर्दै यस्तो निर्देशन दिएको हो ।

नेपाल सरकारले निकासी पैठारी नयन्त्रण ऐन २०१३ को दफा तीन उपदफा एकले दिएको अधिकार प्रयोग गरी सोही उपदफाको खण्ड ञ को उद्देश्य प्राप्त गर्न २०७९ साल असार मन्त्रालयसम्मको लागि विलासिताको सामान आयातमा प्रतिवन्ध लगाइएको छ । यसरी प्रतिवन्ध लगाइएका सामानको आयातमा बैंक वित्तीय संस्थाले वित्तीय कारोबार गर्न पाइदैन ।

Esewa
Crest

सरकारले कुरकुरे, लेज, सबै प्रकारका मदिरा, चुरोट तथा सुर्तीजन्य पदार्थ, हिरा, ७० हजार भन्दा माथिका मोबाइल सेट, ३२ इन्च भन्दा माथिका रंगिन टेलिभिजन, जिप, कार, भ्यान, २५० सिसि भन्दा माथिका मोटरसाइकल, सबै प्रकारका खेलौना, खेल्ने तासको पठारीमा पुर्ण प्रतिवन्ध लगाइएको छ ।

बैशाख १३ गतेभन्दा अगाडी बैंकिङ प्रकृयाँ पुरा भइसकेकाको हकमा यस नियम लागु नहुने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS