IME Life New

प्रभु क्यापिटलको शेयर बजार सम्बन्धी सचेतना अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्व लगानीकर्ता सप्ताह – २०२२ को अवसरमा विविध लगानीकर्ता सचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रभु क्यापिटल लिमिटेडले रोटर्याक्ट क्लब अफ पाटन वेस्टका सदस्यहरुका लागि शेयर बजार सम्बन्धी Basic, Fundamental and Technical Analysis of Security Market बिषयमा १ दिने प्रशिक्षण कार्यक्रम काठमाडौंमा सम्पन्न गरेको छ ।

कार्यक्रम राजधानी मोडेल कलेज, पुरानो बानेश्वर, काठमाडौंमा २०७९ असोज ३० गते आईतबार सम्पन्न भएको हो । रोटर्याक्ट क्लब अफ पाटन वेस्टका करिब २० जना सदस्यहरुको सहभागिता भएको उक्त तालिम कार्यक्रममा प्रशिक्षण दिने कार्य प्रभु क्यापिटल लिमिटेडका प्रमुख लगानी अधिकृत दुर्गा नन्द झाले गरेका थिए भने उक्त कार्यक्रमका उद्येश्य तथा महत्व बारे सञ्चालन विभाग प्रमुख बसन्ता उपाध्यायले प्रकाश पारेकी थिइन् ।

Esewa
Crest

प्रशिक्षणमा शेयर बजार तथा प्राथमिक तथा दोश्रो बजार सम्बन्धी आधारभुत कुराहरु, शेयर बजारमा दिर्घकालिन लगानी गर्दा पाईने प्रतिफल, आधारभूत तथा प्राविधिक विश्लेषण तथा पोर्टफोलियो व्यवस्थापन तथा लगानीमा हुने जोखिम व्यवस्थापन सम्बन्धी विषयहरु समेटिएको थियो ।

प्रभु क्यापिटलले शेयर लगानीमा सचेतना अभिवृद्धिका लागि समय समयमा शेयर तथा पूँजी बजारसंग सम्बन्धित तालिम कार्यक्रमहरु, विविध वर्कसप तथा सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ । रोटर्याक्ट क्लब अफ पाटन वेस्ट सन् २००० मा स्थापना १८–३० वर्ष युवाले सन्चालन गर्ने गैर–लाभकारी, गैर–राजनीतिक संस्था क्लब हो । यो क्लबको मुख्य उद्देश्य सेवा मार्फत नेतृत्व, व्यावसायिक विकास र फेलोशिप प्रवर्द्धन गर्नु हो, जसमा क्लबका स्वैच्छिक सदस्यहरूले उनीहरूद्वारा प्रस्तावित र सञ्चालन गरिएका कार्यक्रमहरू र परियोजनाहरूमा काम गर्छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS