IME Life New

एनआईसी एशिया क्यापिटलद्धारा पोखरामा पूँजी बजार साक्षरता कार्यक्रम गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वल्र्ड इन्भेष्टर विक, २०२२ को अवसरमा एनआईसी एशिया क्यापिटल लिमिटेडले प्रदेश स्तिरीय पूँजी बजार साक्षरता कार्यक्रम सञ्चालन गर्ने भएको छ । क्यापिटलले आज (शुक्रबार) टुकी रिसोर्ट, लेकसाईड, पोखरामा उक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

उक्त कार्यक्रममा क्यापिटलका उच्च तहका अधिकारीहरुले डिम्याट खाता, प्रथामिक शेयर, धितोपत्रको दोश्रो बजार, मुद्रा बजार उपकरणहरु, सामूहिक लगानी कोष, दोश्रो बजारमा सूचिकृत कम्पनीहरुमा लगानी गर्दा कहिले कसरी लगानी गर्ने तथा लगानी सम्बन्धी निर्णय लिदाँ ध्यान दिनुपर्ने कुराहरु लगायत समग्र पूँजी बजारको पछिल्लो अवस्थाको सम्बन्धमा बिस्तृत जानकारी गराइने छ क्यापिटलका प्रमुख मर्चेण्ट बैंकिङ्ग दामोदर रायमाझीले जानकारी दिएका छन् ।

Esewa
Crest

मर्चेण्ट बैंकहरु उपत्यका केन्द्रित रहेको र काठमाण्डौ उपत्यका बाहिरबाट मर्चेण्ट बैंकहरुले प्रदान गर्ने सेवाको पहुँच प्राप्त नभएको जनगुनासो बारम्बार आउने गरेको समयमा उपत्यका बाहिरबाट कसरी मर्चेण्ट बैंकहरुले उपलब्ध गराएको सेवा लिन सकिन्छ र नयाँ लगानीकर्ताहरुलाई सहज रुपमा पूँजीबारमा आबद्ध भई सुरक्षित रुपमा शेयर कारोवार गर्नको लागि सहयोग पुग्ने क्यापिटलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS