IME Life New

निक्षेप तथा कर्जा सुरक्षण कोष र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जा सुरक्षणबारे सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोष र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जा सुरक्षण गर्ने बारे सम्झौता भएको छ । सम्झौतापत्रमा कोषको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले हस्ताक्षर गरेका थिए । कार्यक्रममा कोषका नायब प्रमुख कार्याकारी अधिकृत उषा पौडेल लगायत विभागीय प्रमुखहरु र राष्ट्रिय वाणिज्य बैंक लि. का कृषि तथा सामाजिक बैंकिङ विभागको विभागीय प्रमुख ऋषभ भट्टराई लगायतका अधिकारीहरुको उपस्थिति रहेको थियो ।

सम्झौतापत्रमा हस्ताक्षर भएसँगै राष्टिङ वाणिज्य बैंक लि.ले लघु वित्त तथा विपन्न वर्ग कर्जा अन्तर्गत बिना धितो सामूहिक जमानीमा लगानी गर्ने प्रति व्यक्ति १० लाखसम्म, शैक्षिक प्रमाणपत्र धितो जमानीमा लगानी गर्ने प्रति व्यक्ति ७ लाख रुपैयाँसम्म, धितो जमानीमा लगानी गर्ने प्रति व्यक्ति २० लाखसम्म, वैदेशिक रोजगारबाट सीपमूलक तालिम लिई फर्केका युवा तथा दलित समुदायका व्यक्तिलाई सामूहिक जमानी वा परियोजना धितो अन्तर्गत लगानी गर्ने प्रति व्यक्ति १० लाखसम्म र कोषको पूर्व सहमति लिई महिलाद्धारा सञ्चालित लघु उद्यम परियोजना अन्तर्गत परियोजना धितो राखी वा व्यक्तिगत वा सामुहिक जमानीमा लगानी गर्ने १५ लाखसम्मको कर्जा कोषले सुरक्षण गर्ने छ ।

Esewa
Crest

यस प्रकार सुरक्षण हुने कर्जाको सुरक्षण शुल्क बार्षिक ० दशमलव ८ प्रतिशत रहेकोमा ५० प्रतिशत नेपाल सरकारले अनुदानज वापत व्यहोर्ने र बाँकी ५० प्रतिशत राष्ट्रिय वाणिज्य बैंकले कोषमा बुझाउनेछ ।

कोषमा सुरक्षित कर्जा लिने ऋणीको मृत्यु भएमा वा प्राकृतिक प्रकोपबाट परियोजना नष्ट भएमा वा अन्य विभिन्न कारणबाट कर्जा असुली हुन नसकेमा बैंकले दाबी गर्न सक्ने र उक्त दाबीमा कोषले ७६ प्रतिशत भुक्तानी गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS