Connect IPS
IME Life

बीफिन र सीपीएससीबीच सम्झौता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट (बीफिन) र फिलिपिन्सको मनिलास्थित कोलम्बो प्लान स्टाफ कलेज (सीपीएससी) बीच सम्झौता भएको छ ।

मंगलबार मनिलामा सीपीएसीले आयोजना गरेको एक समारोहबीच दुई पक्ष रणनीतिक सम्झौतामा प्रवेश गरेका हुन् । सम्झौतमा बीफिनका प्रवन्ध निर्देशक डा. विनोद आत्रेय र सीपीएससीका महानिर्देशक प्राध्यापक जी.एल.डी. विक्रमासिंघेले हस्ताक्षर गरेका थिए ।

Prabhu
Crest

यस रणनीतिक सम्झौताको उद्देश्य दुबै संस्थाको कार्यक्षेत्रभित्र पर्ने विविध संस्थाका कर्मचारीको क्षमता विकासको क्षेत्रमा मिलेर काम गर्नु रहेको छ । यस सहकार्यले कयौं सदस्य देशमा मानव संसाधन विकासमा मद्दत मिल्ने डा. आत्रेयले बताए ।

दुबै संगठनको पारस्परिक हित तथा रुचीको क्षेत्रमा तालिमको आयोजना गरिने र नेपालमा अन्तरराष्ट्रिय तालिम कार्यक्रमको आयोजना गर्ने प्रस्ताव पनि उनले गरेका छन् । यस सहकार्यप्रति प्राध्यापक विक्रमासिंघेले आफ्नो खुसी व्यक्त गरेका थिए । मनिलामा कार्यक्रमहरु सञ्चालन गर्न आफूले सहायता गर्ने पनि उनले आश्वस्त पारेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS