IME Life New

शेयरधनीलाई पाँच वर्ष पुरानो लाभांश बुझिलिन सिभिल बैंकको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिभिल बैंकले नगद लाभांश लिन बाँकी रहेका शेयरधनीलाई नगद लाभांश लिन आग्रह गरेको छ। बैंकले साविक एक्सिस डेभलपमेन्ट बैंक, सिभिल मर्चेन्ट वित्तीय संस्था, इन्टरनेशनल लिजिङ्ग एण्ड फाइनान्स कम्पनी र युनिक फाइनान्सका केही शेयरधनीहरुले नगद लाभांश लिन बाँकी रहेकोले नगद लाभांश लिन आग्रह गरेको हो ।

बैंकले विगत ५ वर्ष भन्दा पहिलादेखीको नगद लाभांश संकलन गर्न बाँकी रहेका शेयरधनीहरुलाई लाभांशहरु बैंकको शेयर राजिष्ट्रार सिभिल क्यापिटलको कार्यालय सिभिल ट्रेड सेन्टर सुन्धारा काठमाण्डौमा सम्पर्क गरी भुक्तानी लिन आग्रह गरेको छ।

Esewa
Crest

भुक्तानी लिन बाँकी रहेका लाभांशको विवरण बैंकको वेवसाइटबाट डाउनलोड गरी हेर्न सकिने बैंकले जनाएको छ। सूचना प्रकाशित मितिले ३० दिन सम्म भुक्तानी नभएको लाभांश रकम कम्पनी ऐन, २०६३ को दफा १८३ (६) बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS