IME Life New

एनएमबि क्यापिटलले आब्हान गर्यो साधारण सभा, लाभांश र हकप्रदको प्रस्ताव पारित गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि क्यापिटलले कार्तिक १८ गते शुक्रबार आर्थिक वर्ष ७८/७९ को साधारणसभा गर्ने भएको छ । सभामा लाभांश र हकप्रद सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले सञ्चालक समितिबाट प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई २१.०५२६३ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्न स्वीकृति प्रदान गर्ने प्रस्ताव सभामा पेश गर्दैछ ।

त्यस्तै कम्पनीको हाल कायम चुक्ता पूँजी रु। २० करोडको १ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ । सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ।

Esewa
Crest

सभाले लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको वासलात, सोही अवधिको नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७९/०८० को लेखापरीक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी कम्पनीको अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी बृद्धि गर्ने, कम्पनीको उद्देश्य तथा कम्पनीले गर्ने कार्यमा थप गर्ने, कम्पनीको प्रवन्धपत्र तथा नियमावलीका विभिन्न दफा तथा नियमहरुमा थप तथा संशोधन गर्ने, कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा गरिने संशोधन सम्बन्धमा नियमनकारी निकायबाट कुनै संशोधन तथा परिमार्जन वा थपघटको लागि निर्देशन वा सुझाव भएमा सोही बमोजिम गर्न गराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS