Connect IPS
IME Life

बैंकिङ प्रणालीमा आउन थाल्यो निक्षेप, असोज पहिलो सातामै २६ अर्बले बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बैंकिङ प्रणालीमा निक्षेप संकलन बढ्न थालेको छ । भदौ दोस्रो सातादेखि लगातार बढिरहेको निक्षेप असोज पहिलो सातामा मात्रै थप २६ अर्बले बढेको छ । बाणिज्य बैंकहरुले असोज पहिलो सातामा निक्षेप २६ अर्बले बढाएर ४५ खर्ब १२ अर्ब रुपैयाँ पुर्याएका छन् ।

त्यस्तै कर्जा विस्तार भने जम्मा चार अर्बले मात्रै बढाएका छन् । बाणिज्य बैंकहरुले असोज पहिलो सातामा ४१ अर्ब ९४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । विदेशमा गएका नेपालीहरुले दशैको अवसरमा रेमिट्यास पठाउदा बैंकिङ प्रणालीमा निक्षेप बढेको हो ।

Prabhu
Crest

अर्को तर्फ व्यवसायीहरुले साउन भदौमा विदेशबाट सामान आयात गर्दा निक्षेप घटेको थियो । दशैमा व्यवसायीहरुले बजारबाट पैसा उठाएर बैंकिङ प्रणालीमा ल्याउदा पनि निक्षेपमा टेवा पुर्याएको हो । चाडवाड सँग आर्थिक क्रियाकलाप बढ्दा बैंकिङ प्रणालीमा निक्षेप आएको हो । गत भदौ १० गते एता एक महिनाको अवधिमा मात्रै निक्षेप ८६ अर्ब रुपैयाँले निक्षेप भित्रिएको छ ।

गत असार साउनमा मात्रै सवा खर्ब रुपैयाँ निक्षेप बाहिरिएको थियो । असार साउनमा बाहिरिएको निक्षेप विस्तार बैंकिङ प्रणालीमा आउन थालेको छ । कर्जा विस्तारमा भने बैंकहरु अझै पनि पर्ख र हेरको अवस्थामा छन् । यहि हिसावले निक्षेप बढ्दै गयो भने बैंकहरु दोस्रो त्रैमाशदेखि कर्जा विस्तारमा आक्रामक हुने देखिन्छ । आगामी कार्तिकदेखि आधार व्याजदर बढ्नुका साथै कर्जाको व्याजदर पनि बढ्नेछ । त्यसैले अहिले बैंकहरु कर्जा विस्तार नगरी चुप लागेर बसेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS