Connect IPS
IME Life

निक्षेप तथा कर्जा सुरक्षण कोषले मुद्दती निक्षेपमा ४० करोड राख्दै, गोप्य शिलबन्दी आह्वान

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषले १ वर्षे अवधिको लागी ४० करोड रुपैयाँ मुद्दती निक्षेप स्वीकार्न सार्वजनिक सूचना आह्वान गरेको छ । कोषले आइतबार प्रकाशन गरेको सूचनामा खराब कर्जा ३ प्रतिशतभन्दा तल भएका क वर्गको वाणिज्य बैंकहरुलाई मुद्दती निक्षेपमा प्रदान गर्ने ब्याज दर समेत उल्लेख गरेर एक साताभित्र गोप्य शिलबन्दी पेश गर्नको लागी आह्वान गरेको हो ।

ईच्छुक बैंकले न्यूनतम पाँच करोड रुपैयाँ मुद्दती निक्षेप स्वीकार्नुपर्ने शर्त रहेको छ । वित्तीय बजारमा लगानी योग्य कोषको अभाव रहेका बेला सरकारी निकायले जम्मा गर्ने मुद्दती निक्षेपबाट थोर बहुत भए पनि वाणिज्य बैंकहरुलाई राहत मिल्ने गरेको छ ।

Prabhu
Crest

बैंक तथा वित्तीय संस्थाको निक्षेप तथा कर्जा सुरक्षणको प्रत्याभूती दिंदै आएको कोषले त्यसवापत सेवा शुल्क लिंदै आएको छ । त्यही सेवाशुल्क वापत संचित हुने रकम मुद्दती निक्षेपमा लगानी गरेर कोषले आफ्नो संचालन खर्च व्यहोर्दै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS