IME Life New

दशै तिहारको अवसरमा राष्ट्रिय बाणिज्य बैंकको पस र क्युआर कारोबारमा क्यास व्याक अफर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय वाणिज्य बैक लिमिटेडले आउँदो दशै, तिहार, नेपाल सम्वत् एवं छठ लगायतका पर्वलाई मध्यनजर गर्दै विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न Point of Sale (POS) को माध्यमवाट प्रति कारोबार एक हजार रुपैयाँ वा सो भन्दा बढीको कार्ड स्वाइप गर्दा क्यास ब्याक हुने अफर ल्याएको छ ।

Esewa
Crest

यो योजना आगामी २०७९ असोज १० गते देखि २०७९ कार्तिक १३ गतेसम्म लागू हुने छ । देशभर विभिन्न व्यवसायहरुमा रहेको पसको माध्यमबाट राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट रा.वा.बैंककै पस मेसिन प्रयोग गरी रकम भुक्तानी गर्दा कारोबारमा क्यास ब्याक हुने छ ।

यस अन्तर्गत ३ देखी ५ पटकको कार्ड स्वापमा ५ प्रतिशत अधिकतम क्यास ब्याक वा ५०० रुपैयाँ, ६ देखी १० पटकको कार्ड स्वापमा मा १० प्रतिशत अधिकतम क्यास ब्याक वा रु. ७५०।–, ११ देखी १५ पटकको कार्ड स्वापमा १५ प्रतिशत अधिकतम क्यास ब्याक वा रु.१,०००।– मध्ये जुन कम हुन्छ सो वराबरको रकम क्यास ब्याक हुने छ ।

यसैगरी, आगामी २०७९ असोज ७ देखि १४ गतेसम्म र २०७९ कार्तिक २ देखि ६ गतेसम्म राष्ट्रिय वाणिज्य बैंकको मोवाईल बैंकिङ्ग प्रयोग गरी क्युआर स्क्यान गरी भुक्तानी गर्दा कुल कारोबार रकमको १० प्रतिशत वा रु.१००।– जुन कम हुन्छ सोही रकम क्यास ब्याक हुने छ ।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २६२ वटा शाखा कार्यालय, ५१ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग सेवा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS