IME Life New

तरलताको सुविधाजनक अवस्थाले भविष्यमा व्याजदर घट्ने बैंकरको प्रक्षेपण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अहिलेको सुविधाजनक तरलताको अवस्थाले भविष्यमा पनि निरन्तरता पाएमा व्याजदर अव घट्न सक्ने बैंकरहरुले संकेत गरेका छन् । बैंकर तथा बैंकिङ विज्ञ परशुराम कुवर क्षेत्रीले तरलतामा सुधार भइरहेको विश्लेषण सहित तत्काल दीर्घकालिन कर्जा नलिन सुझाव दिएका छन् ।

व्याजदर उच्च भइसकेको र व्याजदर निकट भविष्यमा घट्न सक्ने भयकोले पैसा हुनेहरुका लागि यो समय लामो अवधिको मुद्दती निक्षेप राख्न राम्रो मौक़ा हुन सक्ने उनको धारणा छ । कर्जा लिनेहरुले भने आफ्नो व्यापार विस्तार केही समयका लागि स्थगन गर्ने वा कर्जा कम गर्ने, कर्जा लिनै पर्ने हो भने पनि छोटो समयका लागि संभव भएसम्म कम कर्जा लिने रणनीति अवलंबन गर्नु उपयुक्त हुने बैंकरहरुको सुझाव छ ।

Esewa
Crest

बैंक तथा वित्तीय संस्थाहरुले आफुसँग भएको सरकारी सुरक्षणपत्र धितो राखेर नेपाल राष्ट्र बैकबाट लिने कर्जा रिपो र स्थायी तरलता सुविधा (एसएलएफ)को वक्यौता ७ असोज २०७९ मा १०८.७१ अर्व रुपैयाँमा  झरेको छ । यो वक्यौता चालु आवको मात्र नभयर १० माघ २०७८ देखि यताकै सबै भन्दा न्यूनतम हो ।

बैक तथा वित्तीय संस्थाहरुको निक्षेप चालु आवको  २०७९/६/५ सम्म ५३ अर्व रुपैयाँले घटे तापनि सेप्टेम्वर २०७९ को १-२५ तारीख़को अवधिम ७५ अर्व रुपैयाँले निक्षेप बढेको छ । सो अवधिमा कर्जा १२ अर्व रुपैयाँले बढेको छ भने चालु आवको ५ आश्विन २०७९ सम्म कर्जा ९ अर्व रुपैयाँले बढेको छ ।

बैंक तथा वित्तीय संस्थाहरुको कर्जा निक्षेप अनुपात ५ आश्विनमा ८७.३% छ । यो अनुपात चालु आवमा सबै भन्दा न्यूनतम हो । यो अनुपातको आधारमा बैंक तथा वित्तीय संस्थाहरुले १४६ अर्व रुपैयाँ थप कर्जा दिन सक्छन् । चालू आवमा कर्जा ‍९ अर्व रुपैयाँले मात्र बढेको परिप्रेक्ष्यमा बैंकहरुको कर्जा दिन सक्ने क्षमताको अवस्था सुविधाजनक देखिन्छ ।

खुला सीमाना र हाम्रो व्यापारको क़रीब ६४ प्रतिशत व्यापार गरिने भारतमा १-२ वर्षको मुद्दती निक्षेपको व्याजदर ६ प्रतिशतको हाराहारीमा छ भने हाम्रो व्याजदर १२ प्रतिशत भन्दा बढी छ । यस्को आधारमा नेपालमा व्याजदर अत्यधिक भयको देखिन्छ । अहिलेको सुविधाजनक तरलताको अवस्थाले भविष्यमा पनि निरन्तरता पायमा व्याजदर अव घट्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS