IME Life New

आँधिखोला लघुवित्तको विशेष साधारणसभा सम्पन्न, मर्जरको प्रस्ताव पारित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आँधिखोला लघुवित्तको विशेष साधारणसभा सम्पन्न भएको छ । कम्पनीले स्याङ्जाको वालिङ स्थित होटल गाँउवेशीको सभाहलमा विशेष साधारणसभा सम्पन्न गरेको हो । सभामा संचालक समितिको तर्फवाट अध्यक्ष नरेश केसी द्धारा प्रस्तुत मर्जर सम्वन्धी प्रतिवेदनलाई सर्वसम्मत रुपमा पारित गरेको छ।

त्यस्तै सभाले सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र आँधिखोला लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) गर्ने सम्बन्धमा सम्पन्न समझदारीपत्र, सम्पत्ति, दायित्व र कारोवारको मूल्याङ्कन प्रतिवेदन गाभ्नेरगाभिने (मर्जर) सम्बन्धमा गठित संयुक्त मर्जर समिति र सञ्चालक समितिले गरेका निर्णय एवम् सो सम्बन्धमा भएका काम कारबाही र खर्च अनुमोदन तथा अन्तीम सम्झौतापत्र स्वीकृत गर्ने प्रस्ताव पारित गरेको छ। त्यस्तै सम्पत्ति, दायित्व र कारोवारको मूल्याङ्कन गर्न नियुक्त लेखा परीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक अनुमोदन गर्ने प्रस्ताव पारित भएको छ ।

Esewa
Crest

संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने , भविष्यमा अन्य कुनै वित्तीय संस्थालाई प्राप्ति गर्ने वा एक आपसमा गाभ्नेरगाभिने प्रयोजनको लागि आवश्यक कार्यहरु गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित भएको छ। त्यस्तै प्रबन्धपत्र तथा नियमावलीमा भएका संशोधन तथा मर्जर सम्बन्धी कार्य उपर थप प्रष्ट गर्नु परेमा वा नियमनकारी निकायबाट कुनै विषयमा निर्देशन वा सुझाव दिएमा सो बमोजिम संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित भएको छ।

पोखरामा केन्द्रिय कार्यालय रहेको सिवाईसी नेपाल लघुवित्तसँग मर्जर पश्चात सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको नाम वाट कारोबार हुने जनाएको छ । मर्जर पश्चात संस्थाको केन्द्रिय कार्यालय पोखरा महानगरपालिका ८ सभागृहचोकमा रहने र संस्थाको प्रमुख कार्यकारी अधिकृत र अध्यक्ष समेत सिवाईसी नेपालका साविकका पदाधिकारी नै रहने छन् ।

दुवै संस्थाले एकै दिन छुट्टा छुट्टै स्थानमा मर्जर सम्वन्धी संयुक्त प्रस्ताव विशेष साधरण सभा वाट पास गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS