Connect IPS
IME Life

१३ औं वर्ष प्रवेशको अवसरमा मिर्मिरे लघुवित्तद्धारा आदर्श गृह नेपाललाई सहयोग

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले १२ औं वर्ष पुरा गरी १३ औं वर्षमा प्रवेश गरेको छ । सो अवसरमा चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नं. ४ मा रहेको लैंगिक हिंसा प्रभावित तथा असाहाय महिला, किशोरी एवं वालवालिका पुर्नस्थापना केन्द्र “आदर्श गृह नेपाल” लाई रु. २५ हजार बराबरको खाद्यान्न, फर्निचर तथा सरसफाइ सामाग्री सहयोग गरेको छ । बागमती प्रदेश प्रमुख राजेश श्रेष्ठ, उप प्रमुख प्रकाश बोहरा र भरतपुर शाखा प्रमुख सरस्वती तिवारीको उपस्थितीमा आदर्श गृह नेपालका अध्यक्ष मिना खरेललाई तीन सिटे फर्निचर, खाद्यान्न सामाग्रीहरु र सेनेटरी प्याड वितरण गरेको हो ।

असाहायहरुलाई पुर्नस्थापना गर्न लागिपरेको गृहलाई हरेक व्यक्ति, संस्था, समुदायले सहयोग गर्न अनुरोध गर्दै संस्थाका प्रदेश प्रमुख श्रेष्ठले निरन्तर रुपमा यस प्रत्यक्ष परोक्ष रुपमा सहयोग गरिरहने बताए । संस्थागत रुपमा संस्थागत सामाजिक उत्तरदायीत्व कार्यक्रमहरु मध्ये मिर्मिरेले सहयोग गरेकोमा संस्थाका अध्यक्ष मिना खरेलले धन्यवाद पत्र प्रदान गर्दै यस वर्षको विशेष सहयोगी बनेकोमा धन्यवाद व्यक्त गरिन् ।
मिर्मिरेले असोज ७ गतेको वार्षिक उत्सवको अवसर पारेर व्यापीरुपमा अधिराज्य भरीका प्रदेश एवं शाखाहरुमा विभिन्न सामाजिक कार्यहरु सहित वार्षिकोत्सव मनाइरहेको छ । विभिन्न प्रदेशहरुमा ट्राफिक सचेतना कार्यक्रम, विभिन्न सामाजिक संस्थाहरुमा सहयोग तथा सरसफाइ एवं डष्टविनहरु वितरण लगायतको कार्यक्रमहरु गरिरहेको छ भने भोली ७ गते केन्द्रीय कार्यालय बनेपा सहित देशव्यापी रुपमा रहेका १५१ वटा शाखाहरुमा विभिन्न कार्यक्रमहरु सहित वार्षिक उत्सव मनाउन लागिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्कर राज जोशीले जानकारी दिए ।
मिर्मिरे लघुवित्त वित्तीय संस्थाले गत भाद्रमा रुपन्देही जिल्लाको बुद्धज्योती लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गरी ६३ जिल्लामा १५१ वटा मार्फत झण्डै १ लाख ४० हजार सदस्यहरुलाई प्रत्यक्ष रुपमा वित्तीय सेवा प्रदान गरिरहेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS