IME Life New

समृद्धि फाइनान्सद्धारा आठौं शाखा जनकपुरमा उद्घाटन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

समृद्धि फाइनान्सले नयाँ शाखा विस्तार गरेको छ । फाइनान्सले आठौंै शाखाको रुपमा जनकपुरस्थित जनकपुर शाखा कार्यालयको उद्घाटन गरेको हो ।

उक्त कार्यक्रमको प्रमुख अतिथि मधेश प्रदेशका भौतिक पूर्वाधार बिकाश मन्त्रि माननीय राम सरोज यादवले असोज ५ गते जनकपुर शाखा कार्यालयको औपचारीक उद्घाटन गरेका हुन् । उक्त कार्यक्रममा जनकपुर उपमहानगरपालिकाका मेयर मनोज कुमार साह, उप मेयर किशोरी साह, जनकपुर उ.वा. संघका अध्यक्ष जितेन्द्र कुमार महासेठ, नेपाल राष्ट्र बैंकका संचालक नीरा ताल्चाभडेल सहित प्रतिष्ठीत व्यक्तित्वको उपस्थिति रहेको थियो ।

Esewa
Crest

साथै उक्त कार्यक्रमको अध्यक्षता फाइनान्सका अध्यक्ष ठाकुर प्रसाद भट्टराईले गरेका थिए भने प्रमुख कार्यकारी अधिकृत टिका निधि लोहनीले स्वागत मन्तव्य राख्दै फाइनान्सको वित्तिय कारोबार सम्बन्धि जानकारी गराएका थिए । यससँगै समृद्धि फाईनान्सको ८ वटै शाखा कार्यालयहरु बाट औपचारीक रुपमा कारोबार संचालन भएको जानकारी फाइनान्सका प्रमुख व्यवसाय प्रबद्र्यन अधिकृत सुरज कुमार सर्राफले बताए ।

समृद्धि फाइनान्सले मुद्घति निक्षेपको योजना अन्तर्गत ६६ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ । यसका साथ साथै फाइनान्सले ८ वर्ष ८ महिनामा पैसा तेब्बर, १२ वर्ष ८ महिनामा पैसा पाँच गुणा र १६ वर्ष ५ महिनामा पैसा आठ गुणा हुने निक्षेप योजना पनि संचालनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS