IME Life
GBIME

कुमारी बैंकले चाडपर्वको अवसरमा ल्यायो डिजिटल धमाका अफर

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । कुमारी बैंकले दशैं, तिहार, छठ जस्ता चाडपर्वलाई लक्षित गर्दै बिभिन्न योजनाहरु ल्याएको छ। दशैंमा डिजिटल कारोबार गर्नलाई प्रोत्साहन गर्ने उदेश्यले ग्राहकले प्रत्यक्ष रुपमा महसुस गर्नेगरि बिभिन्न योजनाहरु ल्याएको बैंकले जनाएको छ।

डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने प्रमुख लक्ष्य सहित ल्याइएको यस योजनालाई बैकले डिजिटल धमाका अफर नाम दिएको छ। यस योजनाका लागि बैंकले फोनपे र एफवन सफ्टसँग सहकार्य गरेको छ।

Crest

यस योजनाअनुसार मोबाइल बैङ्किङ्ग मार्फत टप अप गर्ने ग्राहकले आइफोन १३ जित्न सक्नेछन। यस योजनामा सहभागी हुनलाई ग्राहकले कम्तिमा २०० रुपैयाँ बराबर पांच पटक टप अप गर्नुपर्नेछ। यो योजना यहि असोज ४ गतेदेखि कात्तिक १३ गतेसम्म रहनेछ।

त्यस्तै बैंकले भिजा कार्डका ग्राहक, मोबाइल बैंकिंङको क्युआर कोड मार्फत कारोबार गर्ने ग्राहकलाई लक्षित गरि दशैं तिहार तथा छठ पर्वसम्मका लागि ल्याएको अर्को योजनामा ग्राहकले ३०० फिर्तादेखि इलेक्ट्रिक स्कुटरसम्म जित्न सक्नेछन। यो योजना असोज १० देखि २३ असोजसम्म तथा ७ कात्तिक देखि १३ कात्तिकसम्म रहनेछ।

त्यस्तै बैंकले मोबाइल बैंकिंग मार्फत टप अप गर्दा वा मोबाइल बैंकिंग मार्फत दशैंमा दक्षिणा दिंदा शतप्रतिशत नगद फिर्ता योजना ल्याएको छ। यो योजना १९ असोजदेखि टीका साइतसम्म रहनेछ।

कुमारी बैंकले आफ्ना देशभर रहेका आफ्ना १९८ शाखा, १९५ एटिएम, ५३ वटा शाखा रहित बैंकिंग, २४ एक्सटेन्सन काउन्टर मार्फत आफ्ना ग्राहकलाई बैंकिंग सेवा प्रदान गरिरहेको छ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS