IME Life New

आजदेखि वाणिज्य बैंकबाट दशैंको लागि नयाँ नोट सटही गर्न सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज असोज २ गतेबाट सबै वाणिज्य बैंकबाट दशैंको लागि नयाँ नोट सटही गर्न सकिने भएको छ । राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोट सुकिलो नोट सटहीका लागि काठमाडौं उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला भित्रका कम्तीमा ५ वटा शाखा कार्यालयहरु तोकी आफ्नो वेबसाइट मार्फत् सूचना दिन वाणिज्य बैंकहरुलाई निर्देशन दिएको छ।

सोही सूचनामा नयाँ नोट सुकिलो नोट सटही गर्ने समयावधि र संख्या समेत उल्लेख गर्न राष्ट्र बैंकले भनेको छ । राष्ट्र बैंकले सर्वसाधारणलाई रु.५, रु.१०, रु.२०, रु.५० र रु.१०० दरको प्रति व्यक्ति बढीमा एक एक प्याकेटका दरले जम्मा रु १८,५०० सम्म सटही सुविधा उपलब्ध गराउन सकिने जनाएको छ।

Esewa
Crest

राष्ट्र बैंकले वडा दशैं २०७९ को अवसरमा सर्वसाधारणलाई नयाँ नोट सटही गर्न सहज होस् भनी यस वर्ष सम्पूर्ण वाणिज्य बैंकहरुलाई नयाँ नोट उपलब्ध गराई सकेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS