IME Life New

नेरुडेको फिल्ड संचालन तथा व्यवस्थापन र तालिम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले आफ्नो मधेश प्रदेश अन्तर्गत रहेका कार्यालयहरुमा कार्यरत ४० जना फिल्ड कर्मचारीलाई भदौ ३० र ३१ गते बर्दिवासमा २ दिने फिल्ड संचालन तथा व्यवस्थापन तालिम सम्पन्न गरेको छ । हाल लघुवित्त कार्यक्रम संचालन गर्ने क्रममा फिल्डमा देखिएको समस्या चुनौती, कर्जा बिश्लेषण, बचत परिचालन र कर्जाको गुणस्तर कायम गर्ने सम्बन्धमा तालिम संचालन गरिएको थियो । कार्यक्रममा बैंक तथा वित्तीय संस्थामा करीव ४० बर्ष लामो अनुभव हासिल गरेका तिर्थ रत्न कोनाजो प्रशिक्षकको रुपमा रहेका थिए ।

त्यसै गरी वित्तीय संस्थाले मधेश प्रदेश अन्तर्गतका २० वटा कार्यालयहरुका प्रमुखहरुसँग शुक्रवार बर्दिवासमै व्यवसाय विस्तार, सामाजिक कार्यमा लघुवित्तको भुमिका लगायत समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रमलाई वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत भोज राज बस्याल र वित्त विभागका विभागीय प्रमुख दिनेश कटुवालले सहजिकरण गरेका थिए । राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाको रुपमा कार्यरत नेरुडेले यस बर्ष सामाजिक कार्य तथा कर्मचारीहरुको क्षमता विकासका सम्बन्धमा विविध कार्यक्रम संचालन गर्ने योजना रहेको वित्तीय संस्थाका योजना विभाग प्रमुख कृष्ण बहादुर खड्काले जानकारी दिए ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS