IME Life
GBIME

जीवन बीमा आवश्यकता कि बाध्यता : सन्तोष आचार्यको लेख

SPIL
NIC ASIA new
NLIC

सन्तोष आचार्य ।  बेलुका कार्यालय सकिएर घर फर्किदै गर्दा बाटोमा एक जना स्कुल पढ्दाको साथी अचानक भेट भयो र धेरै समय पछि भेट भएकाले गफ गरौन भनेर नजिकै को एक कफि घरमा छिरियो । कफि आउन केहि समय लागेकाले वेटर भाइसँग साथीले वाइफाई पासवोर्ड माग्यो र एक शेल्फि खिचेर फेसबुक मा पोस्ट्यायो । त्यतिकैमा एकजनाको स्टोरी क्लिक भयो, टिकटक रहेछ ‘इन्स्योरेन्समा काम गर्ने मान्छेसग भेट भयो भने,जीउनु भन्दा पनि मर्नु बेस बनाइदिन्छन्’ भन्ने अभिनय गरिरहेको पाए । आफु पनि बीमा क्षेत्रमा काम गर्ने व्यक्ति भएकाले मुसुक्क हासे । त्यति कैमा उसले थप्दै भन्यो, हो यार,बीमा मा काम गर्ने सग भेट्यो भने वाक्क लगाउछन्, बीमा भनेर रु बाच्नु भन्दा मर्नु बेस बनाइदिन्छन् । तर, मरे पछि डुमै राजा , के को बीमा नि सिमा।। भन्दै अर्को प्रश्न तेस्रर्यायो साचि, यार त के मा पो काम गर्छस रु अब, म अकमक्क परे , फेरि मलाइ पनि साथी ले टिकटककै पात्र बुझ्ने हो कि भनेर टक्क रोकिएर उसको उतर त्यति खेर नै फर्काइन् । बरु उ जस्तो शिक्षित वर्गले बीमा प्रति को नकारात्मक भाव कसरी आत्मसात गरेछ पहिला त्यो जान्ने इच्छा जाग्यो ‌।

उसलाइ मैंले प्रश्न गरे, साथी तिमीले बीमा गरेका छौ ? । उसले अ  गरेको छु नि ,२ लाख बिमाकंको । उसले जोड्दै भन्यो , एउटा छिमेकी दाइले बीमामा बारे जहिले गर्नु (गर्नु भनेर किचकिच गर्यो मैंले २ लाखको गरिदिए ) । त्यस्तै, १३ हजार जति वार्षिक बीमा बापतको प्रिमियम तिर्छु । उसलाइ तिमी के गर्छौ भनेर मैले सोधे, उ एउटा कन्सट्रक्सन कम्पनी मा साथीहरु मिलेर ब्यबसाय चलाएका रहेछन । बैकमा ऋण व्यक्तिगत २ करोड रहेछ । दिनरात देशका बिभिन्न भागमा ठेक्का पट्टाको कामले हिडिरख्दो रहेछ । मासिक लगभग ४ लाख जति कमाइ पनि हुदो रहेछ।

Crest

मैंले उसलाइ भने तिम्रो जीवनको‌ मुल्य केवल २ लाख पो रु तिमीलाइ तलमाथि केहि परे जम्मा तिम्रो परिवारले दुर्घटना जोखिम सुविधा अनुसार ४ लाख सम्म पाउदो रहेछौ । अनि बैकमा ऋण धरौटीमा घर जग्गा सबै राखेर लिएका छौ,भोलि केहि भएमा ४ लाखले बैंकको ऋण भार तिर्न पुग्छ त रु पुरा परिवार त सडकमा आउछन त ,विचार गर त रु १ मैंले भनेपछि, मुख मनिलो बनाउदै मलाइ के हुन्छ र भन्दै स्वर अलिक ठुलो बनायो । हुन त को चाहि बिहान घरबाट निस्कदा आज दुर्घटनामा परिन्छ होला रु आज दुर्घटनामा परे भने तलमाथि हुन सक्छ भनेर को निस्कन्छ होला र रु । त्यति कै मा २ दिन अघि युट्युब मा भेटेको रोजक जानकारीले पुनताजकि अभिवृद्धि गरायो । सन्सारमा वार्षिक लगभग १४ लाख मानिस दुर्घटना को कारण मृत्यु हुदो रहेछ । अनि नेपालमा हरेक दिन लगभग १० जना मानिस दुर्घटना बाट मृत्यु हुदो रहेछ । अनि, मृत्युको कारण हेर्ने हो भने लगभग ४ नम्बर मा चाहि सडक दुर्घट्ना को कारण हुदो रहेछ। त्यस सगै पनी सडक दुर्घट्ना बाट पुर्ण अशक्त भएर जीवन जीउनेको सङ्ख्या पनि उलेख्य रहेछ । तर, मुख्य चुरो कुरो चाहि यसरी दुर्घटनामा परि पुर्ण अशक्त भएमा वा मासिक भत्ता १० वर्ष सम्म बीमा कम्पनीले दिने गरेका छन र बीमितको बीमा शुल्क बाकी अवधिमा निशुल्क गरिदिन्छन भन्ने यसका सुविधाहरु ले दुर्घटनाबाट हुने बितिय क्षतिपूर्ति को न्युनिकरणलाइ सहयोग पुर्याउन सकिन्छ नि भन्ने जुक्ति पनि सम्झायो ।

गफै गफमा कफी आइपुग्यो, माहुल अलिक भावुकतामा चलिरहेको थियो। बीमा मरेपछि मात्र होइन साथी हिजोआज क्यान्सर, औपन हट सर्जरी, हृदयघात जस्ता मानिसहरू मा देखेने धेरै घातक रोगहरु (Critical Illness) लागेमा उपचार खर्च बीमाले दिन्छ भनेर सम्झाए । दुर्घटनाबाट मृत्यु नभइ दुर्घटनाको कारण पुर्ण असक्त भएमा असक्त भत्ता सुविधा भनेर बीमा कम्पनीहरुले दिने गरेका छन् ।

त्यति मात्र कहा हो नि,कुनै कुनै कम्पनीले त ब्यक्तिगत दुर्घटना भएमा त्यस बापतको हस्पिटल खर्च सुविधा पनि दिन्छन नि । उ अचम्म पर्दै म तिर फर्किएर भन्यो, यति धेरै सुविधाहरु हुदा रहेछन, मलाइ त केवल बीमा गर्दा डबल आउछ अनि मरेपछि डबल आउछ छिमेकी दाइले भन्नुभयो। मैले साथीलाइ त्यतिबेला नै रोके, हेर साथी यदि कसैले बीमा गर्दा डबल ,तिर्वल भनेर भन्छ भने सबै गफ हो ।

बीमाको प्रतिफल,बोनस यसको बोनस दर र बीमा अवधिले निर्धारण गर्दछ। तसर्थ, कम्पनीको बोनस यसको नाफासग जोडिएको हुन्छ। बिगतका कामको आधारमा नाफारनोक्सान भन्न सकिन्छ तर भविष्य बारे भन्न सकिन्न। तसर्थ, कसैले ठोकुवा भन्छ भने चाहि त्यो मानिस जोतिषि हो कि भगवान । किनभने, आज हामीले हाम्रो १ कठ्ठा जमिनमा १०० मन धान फलायौ भने अर्को वर्ष १०० मन नै फल्छ भन्ने ग्यारेन्टी हुदैन। १०० मन भन्दा कम वा बेसि हुन सक्छ। तसर्थ,बीमाको बोनसदर पनि कम्पनीले आर्जन गर्ने प्रत्येक वर्षको नाफारनोक्सान को फरकले भिन्न हुन सक्छ। तर,बीमा समिति बाट स्वीकृत लिइ निश्चित बोनस दर दिने र कम्पनीको अन्य नाफार नोक्सानी मा सहभागिता नजनाउने प्रोडक केहि कम्पनिले सार्वजनिक गरेका पनि छन ।

साथी, बीमा प्रतिको ध्यानाकर्षण रहेकाले अझै थपे बीमा बाट मैले यति तिरे यति(उति पाउनेवाला छु वा पाउछु भन्नुभन्दा पनि भविष्य अनिश्चित छ, अनिश्चितता मा रहेको जोखिमलाइ निश्चिततामा बदलि बितिय जोखिम हस्तान्तरण गर्ने एक उपयुक्त उपकरण भनेर बुझ्दा प्रभावकारी होला । घरमा आम्दानी वा आय आर्जन गर्ने ब्यक्तिलाइ तलमाथि परे उसग आश्रीत परिवारको समबृद्धि परिकल्पना, बृद्द अवस्थामा पुग्दा आजको बचतले भविष्यको पेन्सन अनि आवश्यकता परे ३ वर्ष पछि बिना झन्झट, बिना अतिरिक्त शुल्क नतिरी न्युन ब्याजदरमा तुरुन्त पाइने ऋण सुविधा जस्ता सुबिधाहरू को समिश्रण भनेर नि बुझ्न सकिन्छ। यस्ता बीमाका कैयौ घतलाग्दो र जीवन उपयोगी बिशेषताहरु छन् ।

साथीले एक्कासी भन्यो, यति धेरै सुविधाहरु रहेछन मेरो लागि त बीमा धेरै जरुरी रहेछ । मैले बीमा त मेरो जीवनको मुल्य अनुसार गरेको पो रहेनछु । अनि, केहि हुनै पर्छ भन्ने रहेनछ नि, यो एक अनुशासन रुपि बचत पो रहेछ भनेर उसले बीमाको मुख्य मर्म स्पर्शी बाक्य भन्यो । मैले त्यसमा फेरि थपे, साथी मरेपछि पनि हाम्रो संस्कारमा पृति कार्य गर्न धन सम्पत्ति चाहिन्छ नि । आफ्नो परिवारको लाल पोषणको जिम्मेवारी चाहिन्छ नि । त्यति कैमा उसले निधारमा लगाएको पहेंलो टिका हेरेर , मुस्कुराउदै भने, साथी सोर सराद चाहि मरेपछि नै गर्छन है, मरेपछि पनि पुर्ण्यको काम बाकि हुन्छन । तसर्थ, मरेपछि डुमै राजा चाहि भनि हाल्नु हुँदैन ।

अब, उ बीमा गराउने सोचमा रहयो । मैंले भने तिम्रो टिकटको एक रमाइलो मात्र हो । मैंले आफ्नो पेशागत परिचय दिए,म पनि जीवन बीमा कम्पनी मै काम गर्छु । साथीले हास्दै भन्यो, अघि नै किन नभनेको । मैले भने ,यतिबेला सम्म तलाइ बीमा बारे चेतना जगाउन ।

यी र यस्ता घटनाहरु हाम्रो समाजमा घटेका पाइन्छ। बीमा बारे नकारात्मक प्रचार र भ्रमले समग्र बीमा क्षेत्रमा बितृष्णा जगाइदिन्छ । तसर्थ,बीमा बारे डबल,तृबल जस्ता शब्दहरु भन्दा बितिय ब्यबस्थापनको उपयुक्त उपकरण अनि बितिय जोखिमको हस्तान्तरण भन्दा उपयुक्त होला । बीमा बारे सत्य , र यथार्थ जानकारी बीमा गर्ने बेला मै नगराइदा र बीमित स्वयं को पनि सजकताको लापरबाहीले बीमा बात प्राप्त हुने सुविधा उपभोग गर्दा दुवैको बुझ्ने र बुझाउने अनविज्ञताले यसले बीमा प्रति को छवि केहि चाहि धमिलो बनाएको चहि पकै बनाएको थियो । तर, हिजोआज सम्पुर्ण बीमा कम्पनीहरु र जनचेतनामुलक कार्यक्रमगरु पनि डिजिटलाइजेसन मा गइसकेकाले यसको चेतना दिनानुदिन अभिवृद्धि हुदै गएको छ ।

तसर्थ, बीमा साथीले गर भन्दै मा गर्ने र नगर्ने भन्दैमा पनि नगर्ने जस्तो करकापमा भन्दा प्राप्त हुने सुविधाहरु बारे वुझेर गर्नु उपयुक्त हुन्छ। अझै पनि बीमा गर्ने ग्राहकहरु आफुले गरेको बीमा प्रोडक्ट के हो रु के के सुविधा उपभोग गर्न सकिन्छ,त्यसबारे अनविज्ञता सङ्ख्या पनि धेरै छन् कि भन्ने लाग्दछ । यसका लागि आफुले गरेका बीमा प्रोडक्ट बारे प्रष्ट नभए बीमा कम्पनी जानेको सङ्ख्या नेपालमा धेरै कम छ भन्दा फरक नपर्ला।

अन्तस् बीमा एक बितिय ब्यबस्थापनको सबैभन्दा राम्रो उपयुक्त उपकरण भएको हुनाले बास्तवमा बीमा एक अनिवार्य आवश्यकता बाहेक अरु केहि हुन सक्दैन भन्ने बुझिन्छ। त्यहि भएर “एक घर एक बीमा” अवधारणा हाम्रो समाजको मुख्य आवश्यकता रहेको छ ।

(आचार्य नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी प्रदेश नम्बर ‌१ का सचिव हुन्।) 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

0%

अचम्मित

33%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS