IME Life New

नेपाल बैंकमा आबद्धले भारतको अपोलो अस्पतालमा उपचार गर्दा छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू र बैंकमा कार्यरत कर्मचारीहरुलाई भारतको नयाँ दिल्ली, सरिता विहार (मथुरा रोड) स्थित इन्द्रप्रस्थ अपोलो अस्पताल मा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।
सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू र बैंकमा कार्यरत कर्मचारीहरुलाई इन्द्रप्रस्थ अपोलो अस्पतालकोे विविध सेवामा लाग्ने शुल्कहरूमा बिल रकमको १० प्रतिशत छुट हुने व्यवस्था गरिएको छ ।

सम्झौतापत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र राज काफ्ले र इन्द्रप्रस्थ अपोलो अस्पतालको तर्फबाट उप प्रबन्धक विपिन शर्माले हस्ताक्षर गरे । यसबाट नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू र बैंकमा कार्यरत कर्मचारीहरुले इन्द्रप्रस्थ अपोलो अस्पतालले प्रदान गर्ने उच्च स्तरीय उपचार सेवाबाट लाभान्वित हुन सक्नेछन् ।

Esewa
Crest

नेपालको पहिलो बैंकको रुपमा परिचित नेपाल बैंक लिमिटेडले ग्राहक केन्द्रित सेवा विस्तार गर्दै आइरहेको छ । यस समझदारीले बैंकका सेवाग्राहीलाई अन्तराष्ट्रियस्तरको स्वास्थ्य सेवामा थप सुविधा गराउने अपेक्षा गरिएको छ ।

नेपालालभर २३१ शाखाहरु, २४६ एटिएम साथै ६१ एक्सटेन्सन काउन्टर मार्फत करिब २७ लाख ग्राहकहरुलाई वित्तीय सेवा पु¥याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधि मार्फत बंैकिङ सेवा पु¥याई प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा जोड दिई युवा जनशक्ति मार्फत् नेपालभर बैंकिङ सेवा प्रदान गरिरहेको छ । दक्ष व्यवस्थापन, युवा कर्मचारी र आधुनिक प्रविधिको समुचित प्रयोग भएसंगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैंकप्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS