IME Life New

११ महिना रु. ४७.६१ अर्ब वैदेशिक लगानी प्रतिबद्धता, कुन क्षेत्रमा कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। चालु आर्थिक वर्ष २०८२।८३ को ११ महिना जेठसम्म ४७ अर्ब ६१ करोड रुपैयाँ बढीको वैदेशिक प्रत्यक्ष लगानी (एफडीआई) प्रतिबद्धता प्राप्त भएको छ।

उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको जेठसम्म ९१४ वटा उद्योगका लागि ४७ अर्ब ६१ करोड ६९ लाखबराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको हो। यी प्रतिबद्धता ९ वटा ठूला, ११ वटा मध्यम र ८९४ वटा साना उद्योगका लागि प्राप्त भएको छ।

Esewa
Crest

जेठमा मात्र १८३ वटा साना उद्योग र ३ वटा मध्यम उद्योगका लागि २ अर्ब २९ करोड ५३ लाख रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ।

चालु आर्थिक वर्षको जेठसम्म वैदेशिक लगानी प्रतिबद्धता प्राप्त ती उद्योगबाट २५ हजार ४५० जनाले रोजगारी पाउने अनुमान गरिएको छ।

चालु आर्थिक वर्षको ११ महिनामा सूचना प्रविधिमूलक क्षेत्रका सबैभन्दा बढी उद्योग स्थापनाका लागि लगानी प्रतिबद्धता आएको छ। यस क्षेत्रका ५७७ वटा उद्योगका लागि २ अर्ब ३६ करोड ५८ लाख लगानी प्रतिबद्धता आएको हो। जुन कुल प्रतिबद्धताको ५ प्रतिशत हो।

यसैगरी सबैभन्दा धेरै रकमको लगानी प्रतिबद्धता कृषि क्षेत्रका लागि आएको छ। जेठसम्म १६ उद्योगका लागि २२ अर्ब ८ करोड ८० लाख रुपैयाँबराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको विभागले जनाएको छ। जुन कुल लगानी प्रतिबद्धताको ४६ प्रतिशत हो।

त्यस्तै पर्यटन क्षेत्रका २०२ उद्योगका लागि १२ अर्ब ९९ करोड ७४ लाख रुपैयाँ (४५.२७ प्रतिशत), सेवा क्षेत्रमा ६२ उद्योगका लागि ४ अर्ब ५९ करोड ५ लाख रुपैयाँ (१० प्रतिशत), उत्पादनमूलक क्षेत्रका ५२ उद्योगका लागि ३ अर्ब ५७ करोड १० लाख रुपैयाँ (८ प्रतिशत) र ऊर्जा क्षेत्रका २ उद्योगका लागि २३ करोड ४२ लाख रुपैयाँ (१ प्रतिशत) वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको विभागले तथ्यांकले देखाउँछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS