काठमाडौं । म्यानपावर कम्पनीहरुलाई नेपाली श्रमिकलाई स्वदेशी विमानस्थलबाट मात्र विदेश पठाउन निर्देशन दिइएको छ।
वैदेशिक रोजगार विभागले एक परिपत्र जारी गर्दै म्यानपावर कम्पनीहरुलाई यस्तो निर्देशन दिएको हो। वैदेशिक रोजगारीमा कामदार पठाउने इजाजतपत्र प्राप्त संस्थाले वैदेशिक रोजगार ऐन, २०६४ को दफा २२ बमोजिम वैदेशिक रोजगारमा कामदार पठाउँदा स्वदेशी विमानस्थल प्रयोग गर्नुपर्ने व्यवस्था विभागले अवगत गराएको छ।
कुनै कारणवश विदेशी विमानस्थल प्रयोग गर्नुपर्ने अवस्था भएमा विभागको अनुमति लिई तोकिएको प्रक्रिया पूरा गर्न पनि परिपत्रमार्फत निर्देशन दिइएको छ।












