IME Life New

आँखुखोला जलविद्युतमा भित्रियो नयाँ समूह, सञ्चालकमा ५ जना निर्वाचित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीको सञ्चालक समितिमा नयाँ समूह भित्रिएको छ।

कम्पनीको आज सम्पन्न १७ औँ र १८ औँ (आर्थिक वर्ष २०८०।८१ र २०८१।८२) का वार्षिक साधारणमार्फत सञ्चालक समितिमा सर्वसाधारणका तर्फबाट प्रतिनिधित्व गर्ने नयाँ समूह विजयी भएका हो। सभाले सर्वसाधारण शेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने १ महिलासहित ५ जना नयाँ सञ्चालकको निर्वाचन गरेको छ।

Esewa
Crest

निर्वाचित हुनेमा लेखनाथ पोखरेल, सुवास पौडेल, सविन्द्र उपाध्याय, जोली अमात्य र रामप्रसाद सापकोटा छन्। हाल कम्पनीको सञ्चालक समितिमा संस्थापक समूहबाट इन्द्रकृष्ण श्रेष्ठ र गंगासागर प्रजापती छन्। नयाँ निर्वाचित पदाधिकारीसहित कम्पनीको सञ्चालक समिति ७ सदस्यीय बनेको छ।

काठमाडौंको बालुवाटारस्थित बालुवाटार प्यालेसमा भएको सभाले उक्त दुवै आर्थिक वर्षको वार्षिक र लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायत सोसँग सम्बन्धित अनुसूचीहरु स्वीकृत गरेको छ।

सोही सभाले चालु आर्थिक वर्ष २०८२।८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS