IME Life New

दुई लघुवित्तले बोलाए विशेष साधारणसभा, मर्जरको प्रस्ताव पारित गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आँधीखोला लघुवित्त र सीवाईसी नेपाल लघुवित्तले मर्जर प्रस्ताव पारित गर्न विशेष साधारणसभा आह्वान गरेका छन् । दुवै कम्पनीले असोज ७ गते शुक्रबार सभा गर्ने एक सुचना जारी गर्दै जनाएका छन् ।

आँधीखोलाले स्याङ्जाको वालिङ स्थित होटेल गाउँवेसीमा गर्ने जनाएको छ भने सीवाईसीले पोखरा महानगरपालिका स्थित आफ्नै केन्द्रिय कार्यालयमा सभा गर्ने जनाएको छ । यी २ संस्थाबीच असार २२ गते मर्जमा जाने सम्झौता भएको थियो । मर्जर प्रयोजनको लागि दुवै कम्पनीको कारोबार रोक्का रहेको छ ।

Esewa
Crest

दुवै कम्पनीको साधारणसभामा सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र आँधिखोला लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) गर्ने सम्बन्धमा सञ्चालक समितिको तर्फबाट प्रस्तुत गरिने अध्यक्षको प्रतिवेदन पारित गर्ने प्रस्ताव पेश हुने छ।

आँधिखोला लघुवित्तको केन्द्रीय कार्यालय स्याङ्गजाको बयरघारीमा रहेको छ। हाल कम्पनीको चुक्ता पुँजी ११ करोड ९० लाख रहेको छ । सीवाईसी नेपाल लघुवित्तको केन्द्रीय कार्यालय बाग्लुङ जिल्लाको बाग्लुङ नगरपालिका स्थित बाग्लुङ बजारमा रहेको छ । कम्पनीको चुक्ता पुँजी १२ करोड १६ लाख रहेको छ ।

त्यस्तै सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र आँधिखोला लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्नेरगाभिने (मर्जर) गर्ने प्रयोजनको लागि मुल्याङ्कनकर्ताबाट प्राप्त प्रतिवेदनको आधारमा निर्धारण गरिएको शेयर स्वाप अनुपात पारित गर्ने प्रस्ताव पेश हुनेछ।

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र आँधिखोला लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने गर्ने सम्बन्धमा सम्पन्न समझदारीपत्र , सम्पत्ति, दायित्व र कारोवारको मूल्याङ्कन प्रतिवेदन गाभ्नेरगाभिने (मर्जर) सम्बन्धमा गठित संयुक्त मर्जर समिति र सञ्चालक समितिले गरेका निर्णय एवम् सो सम्बन्धमा भएका काम कारबाही र खर्च अनुमोदन तथा अन्तीम सम्झौतापत्र स्वीकृत गर्ने प्रस्ताव पेश हुने छ।

त्यस्तै सम्पत्ति, दायित्व र कारोवारको मूल्याङ्कन गर्न नियुक्त लेखा परीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक अनुमोदन गर्ने प्रस्ताव पेश हुने छ। संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने , भविष्यमा अन्य कुनै वित्तीय संस्थालाई प्राप्ति गर्ने वा एक आपसमा गाभ्ने/गाभिने प्रयोजनको लागि आवश्यक कार्यहरु गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पेश हुने छ।

त्यस्तै प्रबन्धपत्र तथा नियमावलीमा भएका संशोधन तथा मर्जर सम्बन्धी कार्य उपर थप प्रष्ट गर्नु परेमा वा नियमनकारी निकायबाट कुनै विषयमा निर्देशन वा सुझाव दिएमा सो बमोजिम संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश हुने छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS