IME Life New

एनआईसी एशिया क्यापिटलको एक्सप्रेस डिम्याट सेवा संचालन, निःशुल्क खाता खोलिदिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया क्यापिटलले विगत लामो समय देखि “एक नेपाली, एक डिम्याट खाता“ अभियान संचालन गरी सहज रुपमा डिम्याट खाताको पहुँच सेवाग्राही माँझ पु-याउँदै आइरहेको छ । हालको व्यवस्था अनुसार डिम्याट खाता खोल्नको लागि स्वयम व्यक्ति सम्बन्धित निक्षेप सदस्य कम्पनीमा उपस्थित हुनुपर्ने व्यवस्था रहेको र उक्त व्यवस्थाले गर्दा अहिलेको व्यस्त समयमा स्वयम उपस्थित भई डिम्याट खाता खोल्न नसक्ने व्यक्तिहरुलाई सहज रुपमा डिम्याट खाता खोलिदिने मुख्य उद्देश्यका साथ उक्त सेवा संचालन गरिएको हो ।

अहिलेको व्यस्त समयमा सेवाग्राहीहरुलाई घर अफिसमा नै पुगि छोटो समयमा डिम्याट खाता उपलब्ध गराई डिम्याट खाता तथा मेरो शेयर खाता संचालन सम्बन्धमा आवश्यक जानकारी उपलब्ध गराईने हुँदा सेवाग्राहीहरुले उक्त योजनाबाट लाभ लिई सहज र झनझट रहित रुपमा डिम्याट तथा मेरो शेयर खाता प्राप्त गर्न सक्नेछन् ।

Esewa
Crest

एनआईसी एशिया एक्सप्रेस डिम्याट सेवा अन्तर्गत क्यापिटलका कर्मचारीहरु स्वयम उपस्थित भई डिम्याट खाता खोलिदिने तथा शेयर अभौतिकीकरण गर्नको लागि आवश्यक सहजिकरण गरिदिने व्यवस्था मिलाईएको छ ।

उक्त सेवा प्राप्त गर्नको लागि क्यापिटलको ईमेल ठेगाना [email protected] मा अनुरोध पठाउन भनेको छ । साथै, क्यापिटलको मोवाईल नं. ९८५११२२९९४ मा सोझै कल/वा मिसकल गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS