काठमाडौं । लुम्बिनी विकास बैंकले संस्थापक शेयर विक्री गर्ने भएको छ बैंकले सुजन बरालको नाममा रहेको १३ हजार कित्ता, अनन्तराज पोखरेलको नाममा रहेको ४ हजार कित्ता, युगराज रेग्मीको नाममा रहेको ६५ हजार कित्ता र गणेश राज रेग्मीले ११ हजार ४०७ कित्ता संस्थापक शेयर विक्री गर्न लागेको जनाएको छ ।
उक्त संस्थापक शेयर खरीद गर्न इच्छुक संस्थापक शेयधनीहरुले सूचना प्रकाशित भएको ९ भदौ २२० मितिबाट ३५ दिनभित्र बैंकको मुख्य कार्यालय डिल्लीबजार, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।
उक्त अवधिमा निवेदन नपरेमा बैंकले प्रचलित कानून बमोजिम सर्वसाधारणका लागि विक्री गर्ने जनाउको छ ।